सिनेटबाट खर्च विधयेक पारित, अमेरिकी सरकार शटडाउन नहुने
प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार
(नोट: यो समाचार पछिल्लो जानकारीसहित अपडेट गरिएको छ ।)
सिनेटबाट खर्च विधयेक पारित भएको छ । जसका कारण अमेरिकी सरकार शटडाउन नहुने भएको छ । यो विधयेक प्रतिनिसभाबाट पारित भइसकेकाले अब राष्ट्रपतिबाट हस्ताक्षर गरेपछि लागु हुनेछ ।
मध्यरात अगाडि विधयेक पारित नभएको भएमा शनिबार विहानबाट सरकार शटडाउन हुने अवस्था आउने् थियो । कोरोनाको महामारी झेलिरहेको अवस्थामा सरकार शटडाउन भएमा अत्यन्तै नराम्रो परिदृश्य देखा पर्ने थियो । तर सिनेटले डेडलाइनको केही घण्टा अगाडि नै विधयेक पारित गरेर उक्त परिदृश्य टारेको छ ।
यो विधयेकले एकसाताका लागिमात्र सरकार शटडाउन हुनबाट जोगाउनेछ । त्यसपछि अर्को खर्च विधयेक पारित गर्नुपर्नेछ ।
महामारीबारेको आर्थिक राहत प्याकेजलाई दाउमा लगाएर एक साताका लागि खर्च विधयेक पारित गरिएको छ । एकसाताको अवधिमा राहत प्याकेजबारे सहमति कायम गर्नका लागि दवाव श्रृजना हुने भएकाले खर्च विधयेक जम्मा एकसाताका लागिमात्र पारित गरिएको हो ।
विवादहरु समाधान भएको खण्डमा अर्को साता बृहत खर्च विधयेक पारित हुनसक्नेछ । जसले सन् २०२१ को सेप्टेम्बर ३० सम्म सरकार संचालनका लागि खर्च उपलब्ध गराउनेछ ।