बुटवलमा प्रहरीको पेस्तोल खोसेर तस्करले गोली चलाए : एकजना घाइते, २ पक्राउ


प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार

रुपन्देहीको बुटवलको सुख्खानगरमा गोली चल्दा एक व्यक्ति घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगर स्थित न्यू कलस होटलमा गोली चल्दा राकेश न्यौपाने नाम गरेका एक व्यक्ति घाइते भएका हुन् ।

गैंडाको खाग तस्करहरु बसिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले होटेलमा छापा मारेको थियो । प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा न्यौपानेलाई गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।

घाईतेको चिउडोमा गोली लागेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नारायण थापाका अनुसार तस्कर समुहका अन्य २ जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com