जर्जियामा दोश्रोपटक हातैले मत गन्दा पनि ट्रम्प पराजित, बाइडेन विजयी


प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार

जर्जियामा दोश्रोपटक हातैले मत गन्दा पनि डोनाल्ड ट्रम्प पराजित भएका छन् भने जो बाइडेन विजयी भएका छन् । जर्जियाका अधिकारीहरुले हातबाट मतगणनाको पनि रिपोर्ट सार्वजनिक गरेका छन् । बाइडेन र ट्रम्पबीचको मार्जिन कम भएपछि पुन हातैले गणना सुरु गरिएको थियो ।

हातैले गरेको गणना अनुशार बाइडेनले २४ लाख ७५ हजार १ सय ४१ मत ल्याएका छन् भने ट्रम्पले २४ लाख ६२ हजार ८ सय ५७ मत ल्याएका छन् । अर्थात ट्रम्पले भन्दा बाइडेनले १२ हजार २ सय ८४ मत बढी ल्याएका छन् । पहिलोपटकको गणनामा ट्रम्पले भन्दा बाइडेनले १२ हजार ७ सय ८० मत बढी ल्याएका थिए । तर दोश्रोपटकको गणनामा मार्जिन ४ सय ९६ मतले कम भएको छ ।

जर्जियाको मतगणनाको पछिल्लो सम्पूर्ण रिपोर्ट यहाँ पढ्नुहोला ।

पहिलोपटकको मतगणनामा ४९ लाख ९५ हजार ३ सय २३ मत गणना गरिएको थियो भने दोश्रोपटक गणना गर्दा ५० लाख ५ सय ८५ मत गणना गरिएको छ । अर्थात् पहिलोपटकको तुलनामा ५ हजार २ सय ६२ मत बढी भेटिएका छन् । यी मतहरु पहिलोपटकमा स्क्यानगर्न छुटेकाले दोश्रोपटक गणनामा परेका हुन् । चारवटा काउन्टीमा गणना हुन बाँकी यी मतहरु भेटिएका हुन् ।

हातैले गणना नगरेको भएतापनि प्रमाणिकरण हुनुभन्दा अगाडि यी मतपत्रहरु भेटिने र गणनामा समावेश गरिने अधिकारीहरुले बताएका छन् । यद्यपी यी मतपत्रहरुले परिणाममा फरक भने ल्याउन सकेन ।

जर्जियामा प्रमाणिकरणका लागि भोलिसम्मको डेडलाइन रहेको छ । त्यस्तै जर्जियामा पुन गणनाका लागि कुनै बाध्यकारी नियम छैन । तर शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतअन्तर रहेको खण्डमा पुन गणनाको अनुरोध गर्न सकिन्छ । अहिले शुन्य दशमलव ३ प्रतिशत मतअन्तर रहेको छ ।

प्रमाणिकरण पछि पनि पुन गणना गर्न अनुरोध भएको खण्डमा हातैले भने गणना गरिनेछैन । तर मतपत्रहरु मेसिनमा स्क्यान गरेरमात्र गणना गरिने राज्यको नियम रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com