जनवरी २० सम्म चुनावको नतिजा नआए वा इलेक्टोरल कलेजले राष्ट्रपति छान्न नसके के हुन्छ ?


प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपति लेक्टोरल कलेज मतका आधारमा चुनिने प्रावधान रहेकाले डिसेम्बर १४ मा इलेक्टरहरुले राष्ट्रपति चुन्नका लागि मतदान गर्नेछन् । त्यसपछि जनवरी ६ मा मतगणना गरेर राष्ट्रपतिको घोषणा गरिनेछ भने जनवरी २० मा नयाँ राष्ट्रपतिले शपथग्रहण गर्नेछन् ।

तर कानुनी अडचन वा राज्यहरुले तोकिएको समयमा नै चुनावी नतिजाको प्रमाणिकरण गर्न नसकेको खण्डमा यो तालिका प्रभावित हुनसक्छ । यो तालिका प्रभावित भएर जनवरी २० सम्म पनि इलेक्टरहरुले नयाँ राष्ट्रपति चुनेर मतगणना गरी घोषणा गर्न नसकिएको खण्डमा अमेरिकाको कार्यवाहक राष्ट्रपति हाउस स्पीकर हुनेछन् ।

न्युजर्सी सुपरेरियर कोर्टका पूर्व न्यायाधिस तथा कानुनविद एन्ड्रयु नेपोलिटानोका अनुशार जनवरी २० सम्म पनि इलेक्टरहरुले राष्ट्रपति चुन्न नसकेमा हाउस स्पीकरले स्वत कार्यवाहक राष्ट्रपतिको जिम्मा लिने जनाइएको छ । अहिले हाउस स्पीकर न्यान्सी पेलोसी रहेकी छिन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको अवधि सन् २०२१ को जनवरी २० को मध्यान्हमा समाप्त हुनेछ । त्यतीन्जेलसम्म इलेक्टोरल कलेजले नयाँ राष्ट्रपति चुनिसक्नुपर्छ । ट्रम्पसँगै उपराष्ट्रपतिको कार्यकालपनि सकिने भएकाले राष्ट्रपति वा उपराष्ट्रपति दुबैको रिक्ततामा हाउस स्पीकार नै कार्यवाहक राष्ट्रपति बन्न पाउँछन् ।

डेमोक्र्यासहरुले बहुमत प्राप्त गरेकाले स्पीकरमा पेलोसीबाहेक अरु कसैलाई चुन्न पनि सक्नेछन् । सामान्य अर्थमा भन्दा जनवरी २० सम्म इलेक्टोलर कलेजले नयाँ राष्ट्रपति चुन्न नसके अमेरिकी हाउसको स्पीकार जो हुन्छ, उही नै कार्यवाहक अमेरिकी राष्ट्रपति हुनेछ ।

इलेक्टोरल कलेजले राष्ट्रपति छान्न नसकेको खण्डमा हाउसमा जसको बहमत छ उसकै दलको व्यक्ति सन् २०२५ को जनवरी २० सम्म राष्ट्रपति हुनसक्ने प्रावधान रहेको छ । अमेरिकी इतिहासमा पहिले पनि यस्तो भएको जनाइएको छ । थोमस जेफर्सन त्यसरी नै अमेरिकाको राष्ट्रपति चुनिएका थिए ।

अमेरिकी संविधानको धारा २२ को सेक्सन १ को प्रावधान ५ मा राष्ट्रपतिका सन्दर्भमा विभिन्न प्रावधानहरु राखिएको छ । अमेरिकी राष्ट्रपति हुनका लागि अमेरिकामा जन्मिएको हुनुपर्ने, कम्तीमा ३५ बर्ष उमेर पुगेको हुनुपर्ने र कम्तीमा १४ बर्ष अमेरिकामा नै बसोबास गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com