प्रधानमन्त्री अ‍ोली निवासमै बन्यो हेलिप्याड


प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सरकारी निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान)को मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बुधबार नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको थियो । साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थापाले बताए ।

यसबाट अब बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना नहुने थापाको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com