गुल्मीमा जेठ ३२ गतेसम्म निषेधाज्ञा जारी


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

कोरोना भाइरसलाई फैलिन नदिन जिल्ला प्रशासन कार्यालय, गुल्मीले जेठ ३२ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

नेपाल सरकारको मन्त्रीपरिषदको जेठ १७ गतेको निर्णय अनुसार जेठ ३२ गते मध्यरातसम्म लक डाउनको अबधी कायम रहेको हुँदा उक्त अबधीसम्म निषेधाज्ञा निरन्तर रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । निषेधाज्ञा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जारी गरिएको छ ।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारीसाधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।  निषेधाज्ञा अबधीमा नागरिकहरु अत्याबश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com