राैतहटकाे मौलापुर नगरपालिकामा घरायसी विवादमा विष सेवन गर्दा आमाछाेरीकाे मृत्यु भएकाे छ । विवादपछि छाेराछाेरीसँगै आमाले विष सेवन गरेकी थिइन् । छोराको भने उपचार भइरहेकाे छ ।
मौलापुर नगरपालिका– १ का रामलाल महतो कोइरीको ३५ वर्षीया श्रीमती सोनावती महतोले मंगलबार बेलुकी १४ वर्षीय छोरा दिपक महतो र ७ वर्षीया छोरी सोनिकुमारीलाई विष सेवन गराई आफूले पनि सेवन गरेको प्रहरीले जनाएको छ ।
विष सेवन गरेर गम्भीर अवस्था भएपछि तीनैजनालाई मौलापुरको एक निजी क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्सबाट नेसनल मेडिकल कलेज वीरगन्ज पठाइएको थियो ।
सोनावतीको उपचारको क्रममा राति र छोरीको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका सइ आमोदप्रसाद यादवले जानकारी दिए । छोरा दीपकको उपचार भइरहेको र अवस्थामा सुधार भइरहेको सइ यादवले बताए । मृतक दुवैजनाको शव पोष्टमार्टम गरी घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।