कोरोनाको महामारीका कारण कोरोना वियरको उत्पादन रोकियो


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

कोरोनाको महामारीका कारण मेक्सिकोमा कोरोना वियरको उत्पादन अस्थायी रुपमा रोकेको कम्पनीले जनाएको छ । गु्रपो मोडेलो नामको वियर कम्पनीले वियरको उत्पादन र मार्केटिङ बन्द गरेको जनाएको छ ।

मेक्सिकोको सरकारले अत्यावश्यक बाहेकका अन्य ब्यापारहरु बन्दको घोषणा गरेकाले कम्पनीले वियर उत्पादन बन्द गरेको हो । मेक्सिकोको सरकारले अप्रिल ३० सम्मका लागि अत्यावश्यकबाहेकका ब्यापार बन्द गर्न निर्देशन दिएको छ ।

कन्स्टेलेसन ब्राण्डसले गु्रपो मोडेलो कम्पनीका वियरहरु अमेरिकामा वितरण र आयात गर्दै आएको छ । कोरोना भाइरससँग नाम मिलेका कारण वियरको बिक्रिमा भने कमि नआएको वितरक कम्पनीले जनाएको छ । बरु कोरोनाको बिक्रि सन् २०२० को पहिलो ३ महिनामा झण्डै ९ प्रतिशतले बढेको छ ।

अमेरिकामा कोरोनाको महामारी बढ्दै जाँदा वियर र रक्सीको बिक्रिमा बढोत्तरी भएको छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा मार्चको तेश्रो साता वियरको बिक्रिमा ३४ प्रतिशत बिक्रि भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेक्सिकोमाका अहिलेसम्म १५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको छ भने ५० जनाभन्दा धेरैको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com