सेल्फ क्वारेन्टाइन अनुभव : सानो लापरवाहीले सयौंको ज्यान जान सक्छ, यसर्थ घरमै बसौं
प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार
– अच्युत सिग्देल
न्युयोर्क सिटीको कोरोनाको इपीसेन्टर एल्महस्र्ट अस्पतालको इमर्जेन्सी ढोकाबाट दक्षिण-पूर्वको ३०० मिटरको दुरीमा कोरोनाको सन्त्रास र न्युज च्यानलको प्रभावले पार्न सक्ने नकारात्मक ट्रमाबाट बच्न टि भि बन्द गरेर, सेल्फ़ क्वारेन्टाईनमा सुरक्षित वसेका थियौ । स्कूल कलेजहरू १ महिनाको लागि बन्द भएको थियो। करिव एक महिनालाई पुग्ने ग्रोसरी पहिल्यै नै मौजात भएकोले ख़ासे समस्य थिएन । हरीया साग सब्ज़ी किनेर दुई हप्ताको सुरक्षित सेल्फ क्वारेन्चाईन निश्चित र निस्चिन्त भईयो। सताव्दीमा एक पटक आउने यो भयावह दर्दनाक स्थिती को पूर्व अनुभव थिएन । नेपालको भयानक महा प्रलय भुकम्पको त्रासदीको अनुभव पनि थिएन ।दिउसो देखि सॉझसम्म लगातार बजेको एमवुलेन्सको साइरनले सामान्य अवस्थामा ४-५ घण्टालाग्ने एल्महस्र्ट अस्पतालको आकस्मिक कक्ष, प्राणघाती कोरोना प्रकोपले भयावह बनाएको सजिलै अनुमान गरेन सकिन्थ्यो ।
तर विश्वको व्यवसायिक राजधानी न्युयोर्क र शक्तिशाली देश अमेरिकामा कोरोनाले यस्तो भयानक स्थिती ल्याउन सक्छ भन्ने कल्पना बाहिरको कुरा थियो। सॉझ पख टिभी सूचना अनुसार एकदिनमा नै १३ जनाको मृत्यू भएको खबर आयो । एक जना मित्र अनिल सुव्वा पनि पर्नु भएको खबरले ज़मीन नै फाटे जस्तो भयो । सिएनएनको एल्महर्स्ट अस्पतालमा पॉचवटा मात्र भेन्टिलेटर उपलव्ध भएको र प्यासेजमा नै बिरामीको मृत्यू भएको खबरले भयावहको स्थिती पैदा गर्यो। नेपाल र बाहिर राज्यवाट सोघखोज हुन थाल्यो । एउटै घरमा वस्ने तल्लो तल्ला र माथिल्लो तल्लाको आवाज जावत बन्द भयो ।लभिमा भएको मेल बक्समा जान वच्चाहरूलाई प्रतिबन्ध लगाईयो।
स्थितीले बिकराल रूप लिदै जाला भनेर थप सर सफाईको लागि आवस्यक सामान् अर्डर गरियो । स्थानिय पसलहरूमा डिटोल, हातधुने सावुन, सिनेटाईजर र पेपर प्रोडक्ट सकिन थाले। अलि अलि भएकाहरू धेरै महङगो भयो। घरमा बाहिर बाट आउने हरेक चिजहरू क्लोरक्सले सफा गरियो। अस्पताल र ईमर्जेन्सी वार्डको ढोका भएर आउने झ्याल पूर्णतः बन्द गरिए । लेमन पानी र सुन्तला खान थालियो। २४ सै घण्टा चौंकना रहेर मृत्यूको मुख टाल्ने हर सम्भव प्रयत्न भयो ।
सेल्फ क्वारेन्टाईनको पहिलो दिन मुभी, यू ट्वुव हेरेर बित्यो । दोश्रो दिनबाट न्युयोर्कले आयोजना गरेको गनगणना “ सेन्सस २०२०”मा भोलेन्टिएर भएर फलोअप गर्नेकाम गरियो । सेन्ससको सहभागिता ठूलो शिक्षा प्रदभयो । जसको माध्यमवाट न्युयोर्ककोसकुना कुना सम्म पुगियो । धेरै बिरामी परेको र कयौको कोरोना बाट मृत्यू भएको जानकारी पाईयो । सबैलाई सुवास्थको कामना गर्दै परिस्थितिलाई सहज बनाउन केहि हद सम्म सफल भईयो । आफू भलो त जगत भलो “ जान हो तो जहान हे भन्ने उखान सम्झदै, सेल्फ मोटिभेसन, परिवारिक मनोरन्जन, ख्लाल ठट्टा र मुभिमा पारिवारिक जीवन बिताउन थालियो ।
तेश्रोदिन करिव नौ बजेको थियो होला। हामी सबै सँगै थियौ, ब्रेक फास्ट सकिएको थियो। नजिकको मित्र पारिवारिक नातेदार भाईको फ़ोन आयो । दाई, बहिनी बिरामी भएर ओछ्यान परेको हप्ता भयो । आजसम्म मैले स्याहारेको थिएँ। शरिर भत्भती पोलेको छ, हात खुट्टा चल्न नसक्ने भएको छ । गाडीले किचेजस्तो दुखेको छ । दाई मैले नसक्ने भएँ । म अति नै कमजोर भएको छु । मलाई ज्वरो आएको छ । मैले सबै लक्षण कोरोना नै नहुने र सकरात्मक सोच राख्न भने, चिन्ता नलिन र परेको वेला आफु सहयोग गर्न खुल्ला टरहेको ढाडस दिएर हौसला बनाउन हर सम्भव प्रयास गरे ।
जबकि हामी शतप्रतिशत निश्चिन्त थियौ कि हामी कुनै परिस्थिति आए पनि बाहिर जादै जाने छैनौ भनेर। बढ्दो वि पी र भर्खर सुरू भएको सुगरलाई कोरोनाले विशेष मन पराउने गरेको सूचना पढ्दै गरेको सानो छोराको ऑखामा हेरें । उसले पूर्व मृत्यूको सन्देहात्मक सूचनाको आभाष पाएको ऑखाले तिक्तता पूर्वक हेरिरह्यो। सोफामा बसेर यू ट्युव हेरिरहेकी श्रीमतीको ऑखाभरि मृत्यु सन्देहको त्रास देखियो । उनको गह टम्म भरिएर आए। मेरा स सना वार्तालापमा चाखदिएर सुनेको जेठो छोराको अनुहार निचोरिएर आयो ।
जानी जानी मृत्युको मुखमा जाने त्यो बीर गोर्खाली मन ममापनि रहेन । सके सम्म सम्झाऊनु, बिरामीको गिरेको आत्मबल उठाउनु र म छदै छु चिन्ता नगर भन्ने वाईफाई आश्वासन बाढ्ने निधो नगरेको पक्कै हैन । मैले आफ्नै अनुभव सम्झे यो बिरानो मुलुकमा कोहि नहुदा मलाई सहयोग गर्ने साथीहरू सम्झे। एक महिना सम्म घरमा तलव पुऱ्याउन पठाउने हाकिम र सहकर्मि सम्झे। आफूलाई हस्पिटलमा भेट्न आउने समुदायको एक एक अनुहार सम्झे । मैले टोलाएर सुस्केरा हाल्दै श्रीमतीलाई हेरें उनले के कुरा बुझिन र भान्सा तिर लागिन ।
मैले बिरामीलाई पुन: कल गरे, उनी सिसा जस्तै चकनाचुर टुटेका थिए । मैले चिन्ता नगर म आउदैछु भने, उनले मलाई हर हालतमा बाहिर ननिस्कन अनुरोध गरे। खाना अर्डर गरिदिन अनुरोध गरे। मैले कारोनाको लक्षण,ज्वरोको असर अनुमानित परिस्थितीकोलह्साव लगाएँ। उनको घरको जिपकोड हानेर सरसर्ति रेष्टुरेन्ट खोजे। बजारमा बीरामीले खान लाएकको केहि पाईएन । बिहानको ब्रेकफास्टको खाना खाईसकेका उनीहरूलाइ बेलुकाको डिनर आफूलेनै गरव्यवस्था गरेर दिउसोको खाजाको लागि हल्का खाना अर्डर गरिदिएँ ।
घरमा बनाएको होममेड मास्क, पोलोराईड ठूला फ्रेमको चस्मा, हातमा ग्लोवस, सेनेटाईजर, रविङ अल्कोहल स्प्रे बोटल लिएर पार्किङमा राखेको गाड़ी झिकेर पूर्ण सुरक्षित बिधीकासाथ खाना बोकेर हामी निस्कियौ । नर्शरी देखि नै यतै पढेको बच्चा सँग राय लिने ऑट हामीदुबैमा रहेन । उनीहरू हामी सँग हल्का डराएका थिए । उनीहरूको नजरमा हाम्रो निर्यण शतप्रतिशत गलत थियो । मर्दा र पर्दा चाहिने हाम्रो सँस्कार न हो अलि कति सिक्न सक्छन भन्ने आश थियो ।
जब हामी बाहिर निस्कियौ बाहिर बिल्कुल फरक थियो। बाटोमा गाड़ी गुडीरहेका थिए । मानिसहरू विना मास्क घुम्दै थिए । कपिपय खॉदै, पिउदै हिडिरहेका थिए । हामी मुखामुख गर्यौ । मृत्यूको मुखमा तानिदै गएको आभास घट्दै गयो। न्यु योर्कको विसाल जनघनत्व र रोगको लक्षण देखिन एक हप्तालाग्ने र त्यो वेलासम्म धेरैलाई सरिसक्ने कारण नै यो रोगले माहामारीको रूप लिएको हो ।
दुई तीन दिन बितेको छ,हाम्रा ती प्रियजनको स्वास्थ्यमा सुधार भएको छ । बिरामीको लिष्टमा अरू एक दुई नजिकको परिवार थपिएका छन् । अति आवस्यकता अनुसार थर्मोमीटर, परास्टामोल, टाएनोल, दुध, पानी र फलफुल बोकेर घर घरसम्म जाने हाम्रो दिनचर्या पनि थपिएको छ । ढोका बाहिर सामान राखिदिएर आए पछि । आफ्नो घर बाहिर नै अल्कोहल सिनेटाईज भएर भित्र पस्नु, सावुन पानीले हात अनुहार, नाक धुनु, हर सम्भव सुरक्षित उपाय अपनाईएको छ । आखॉले नदेखिने भाईरसले कुनै कुनै दिन समात्लाकि भन्ने चिन्ता र सचेतता दुबै त छ । अलि कति खोकि लाग्यो वा जीउ दुखे बच्चाहरूले शँका गरिहाल्ने अवस्थामा पनि छौ। रविङ अल्कोहलले कपडा स्प्रे गर्नु । छाला निस्किने गरी सावुन पानीले मिचिमिची हात धुनु सामान्य बनेको छ ।
हामी लगाएत मिलिएन्स अमेरिकन कामबाट अपदस्थ भएका छन् । आम्दानी हुने काम छैन, आउने बाटो छैन । गरेको कामबाट अनईम्प्लोईमेन्ट ईन्स्योरेन्स क्लेम गर्न भनिएको छ । पे चेक देखि पे चेक लिएर बॉच्नै। अलि अलि बेचेको पैसा नेपाल पठाउने बैङ्मा १-२ हज़ार भन्दा ज़्यादा सेभिङ नराख्ने र क्रेडिट कार्डमा नै दिन चर्या चलाउने हाम्रो आधा नेपाली आधा अमेरिकन वाईफ स्चाईलमा ठूलो सँकट परेको छ । तर जहां समस्य त्यहा उपाय भने झै आफ्ना प्रिय दुईचार जनाले खर्च पर्चको चिन्ता लिनु नपर्ने ढाढ़स दिनु भएको छ । दुईचार महिनाको लागि अन्नपानी, राशन र घर भाडा सुरक्षित छ । त्यस पछि ज़िन्दगी पून सुचारू भैहाल्ने छ । नभए भगवान भरोषा ।
पछिल्लो सूचना अनुसार अहिले सम्म नेपाली समुदाय बाट एक जनाको मृत्यू र अर्को एक जना भेन्टीलेटरमा रहेको बाहेक तेस्तो कुनै जटिल बिरामी नभएको जानकारी छ । कोभिड १९ बाट पोजिटिभको सँख्या पत्र पत्रिकामा आए जस्तै धेरै नै भए पनि । निको हुनेको सँख्या धेरैमात्रामा नै छ ।
न्युयोर्क सि टी र लङ आईल्याण्ड गरि अस्पताल भर्ना हुनेको सँख्या करीव २१- २२ छ । एउटै रूममा मिलेर बस्नेहरूमा पोजेटिभ रिज़ल्ट आएर आईसोलेसनमा राख्न समस्या परेको जानकारी आएको छ । हामी समुदाय मिलेर पहल एउटा ठूलो आईसोलेसनको खोजिमा छौ। त्यसको व्यवस्थापनको ठूलो चुनौती छ । भावी सन्त्तीको सुनौलो भविष्य खोज्दै आफ्नो जीवनका सुनौला अवसर, पारिवारिक सुख र खुशी छोडेर बिदेशीएका तमाम नेपालीहरू अमेरिका जस्तो बिकसित देशमा कोरोना जस्तो भाईरस सँक्रमणमा पर्नु । सिटामोल र थर्मोमीटरको अभाव झेल्न पर्नु । बिरामी परेर थलापर्दा पानी तताएर दिने मान्छे नपाउनु सायद यो एक जीवन लीला वा कर्मचक्र नै होला कि …।
हामीहरू हरेक दिन समुर्ण आफन्त जन र मित्रहरू आ आफै ठाउमा धैर्यपूर्वक सुरक्षित रहनु होला भनि प्रार्थना गर्न थालेका छौ । भजन सुन्ने, कमेडी र हास्य व्यङ्य जस्ता हल्काफुल्का मनोरन्जन लिने । सकरात्मक सोच्न थालेको छौ। स्वास्थ्यमा बिशेष ध्यान दिने ।आफू सुरक्षित रहने र अरूलाई सुरक्षित रहन प्रेरित गर्नु नै अहिलेको मुख्य काम रहेको छ । जसकसैको अलिकति पनि सानो लापरवाहीले १००० औ जनाको अकालमा ज्यान जान सक्छ । तपाईं सम्पूर्णको सकुशलताको कामना ।मृतकहरू प्रति श्रद्धांजली!






