कोरोना संक्रमणको जटिल परिस्थितमा नेपालीहरुको एक सहयोग समुह सक्रिय


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

कोरोना भाइरसको संक्रमणबाट सबै भन्दा बढी प्रभावित अमेरिकाको न्यूयोर्क राज्यमा बसोबास गर्ने नेपालीहरुले एक अर्कालाई सहयोग गर्न सक्रिय भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सहयोग समुह बनाएरै नेपाली समुदाय सक्रिय भएको छ ।

सामाजिक सञ्जालमा अर्जेन्ट नेपाली एड नेटवर्क फर कोभिड १९ नाम दिइएको यो समुहमा अमेरिकामा रहेका नेपालीहरु रहेका छन् । यो समुहमा रहेकाहरुले एकले अर्कोलाई सहयोग गर्ने बताइएको छ । उनिहरुका अनुसार हाल सेल्फ क्वारेन्टाइनमा रहेकाहरुलाई औषधी लगायतका अत्यावश्यक सामाग्री बितरण गर्ने जनाइएको छ ।

एल्मष्ट अस्पतालमा बोर्ड सल्लाहकार यादव बास्तोलाले भने, हामी अहिले जटिल परिस्थितिबाट गुज्रिरहेका छौं, कसैलाई अत्यावश्यक सहयोग आवश्यक भएमा यस समुहमा जोडिएर हामीलाई आग्रह गर्न सक्नु हुनेछ । बास्तोलाका अनुसार कसैबाट सहयोग रकम उठाइने छैन्, भने सम्वन्धीत व्यक्तिलाई सिधै सहयोग गरिने जनाए ।

एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीका अनुसार व्यक्ति एक्लै घरमा बसिरहेको अवस्थामा आत्मवल बढाउनका लागि तथा औषधी लगायतका अत्यावश्यक सामाग्री घरमै पुराउनका लागि यो समुह बनाइएको हो । न्यूजर्सीमा समेत यस्तो समुह सक्रिय छ । हाल यस समुहमा रहेकाहरुले औषधी लगायतका सामाग्री घर घरमा पुराउने काम गरिहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com