यसरी ग्लोबल बन्यो नमस्ते


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

कोरोना भाइरसको महामारीका कारण अहिले हात मिलाउने प्रचलनलाई विश्वभर नमस्तेले विस्थापित गर्दै गएको छ । योगा कक्षा लिनेहरुका लागि नमस्ते पहिले नै परिचित भएपनि नलिनेहरुले समेत नमस्ते गर्न सिकिरहेका छन् ।

कोरोना भाइरसको महामारी सुरु भएपछि सबैभन्दा पहिले नमस्तेलाई आफ्नो अभिभावदनका रुपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतेनेहुले स्वीकार गरे । उनले नमस्ते गर्न सिकाउँदै आफ्ना देशवासीलाई समेत हात नमिलाउन र नमस्ते गर्न आग्रह गरे ।

त्यस्तै फ्रान्सका राष्ट्रपति इमानुअल माक्रोंले पनि स्पेनका राजारानीलाई स्वागत गर्ने क्रममा नमस्तेको प्रयोग गरे । सन् २०१८ मा भारतको भ्रमण गर्ने क्रममा उनले नमस्तेको अभिवादन सिकेका थिए ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइरिस प्रधानमन्त्रीसँग भेट्दा नमस्तेको प्रयोग गरे । आफूले हालैको भारत भ्रमणमा हात नमिलाएको र नमस्ते गरेको बताउँदै उनले यसरी नमस्ते गरिन्छ भन्दै डेमो समेत देखाए ।

इंग्लायाण्डका प्रिन्स चाल्र्सले पनि आफ्नो अभिवादनका रुपमा नमस्तेलाई स्वीकार गरेका छन् । उनले पनि कैयन पटक भारतको भ्रमण गरेका थिए । नमस्तेको अभिवादन नेपाल र भारतमा प्रचलित छ ।

अहिले नमस्ते विश्वमा यति धेरै प्रचलनमा आएको यो पहिलो पटक हो । नमस्तेको संस्कार झण्डै ५ हजार बर्ष पुरानो मानिन्छ । तर हात मिलाउने संस्कार भने झण्डै २९ बर्ष पुरानोमात्र मानिन्छ ।

नमस्ते गर्नका लागि ६ फिट परबाटै पनि गर्न सकिन्छ । भिडियो सम्मेलन वा बैठकहरु गर्दा हात मिलाउन सम्भव नहुने भएकाले नमस्तेलाई प्रभावकारी अभिभावदनका रुपमा प्रयोग गर्न सकिन्छ । नेपालमा यसलाई नमस्कारका रुपमा समेत प्रयोग गरिन्छ ।

नमस्तेको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग विदाई गर्ने समय, दुवैमाप्रयोग गरिन्छ। नमस्कार गर्ने समय व्यक्तिको पीठ आगाडि तर्फ झुकी, छातीको मध्यमा हात एक आपसमा जोडी, औंलाहरु आकाशतर्फ हुन्छन् । यो मुद्राको साथ साथै व्यक्ति ‘नमस्ते’  भन्दै अभिवादन गर्दछ ।

नमस्ते दुई हात जोडेर एक अर्कासँग भेट भएको बेला अभिवदन गरिने शब्द हो। यस भावको अर्थ सबै मनुष्यहरूको हृदयमा एक दैवीय चेतना र प्रकाश छ जो अनाहत चक्र (हृदय चक्र)मा स्थित छ भन्ने हुन्छ। यो शब्द संस्कृतको नम: शब्दबाट निकालिएको हो।

‘नमस्कार’ एक संस्कृत शब्द हो जुन संस्कृत को ‘नमः’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु । नमस्कार गर्ने समय एक व्यक्तिको आत्मा दोस्रो व्यक्तिको आत्मालाई अभिनन्दन अनि नमस्कार गर्दछ ।

‘नमस्ते’ अनि ‘नमस्कार’ शब्द पर्याय हुँदाहुँदै पनि ती दुवै बीच एक आध्यात्मिक अन्तर छ, नमस्कार शब्द नमस्ते भन्दा अधिक सात्विक छ ।

नमस्कार अर्थात अर्को व्यक्तिमा दैवी रूप देख्नु, यसले आध्यात्मिक शक्तिलाई बढ़ाउछ अनि दैवी चेतना आकर्षित गर्दछ । यदि नमस्कार यस्तो आध्यात्मिक भाव ले गर्ने कि अगाडि रहेको व्यक्तिको आत्मालाई नमस्कार गरिरहेको छ । यसले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्दछ ।

नमस्कार गर्ने समय हामीले “तपाई म भन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाईको अधीनस्त छु, मलाई कुनै पनि ज्ञान छैन अनि तपाई सर्वज्ञ हुनुहुन्छ” भन्ने विचार राखेमा अहंकार कम गर्नअनि विनम्रता बढ़ाउनमा सहायक हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com