काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट १८ हजार २ सय ७ जनालाई गैरआप्रवासी भिसा
प्रकाशित मिति : माघ १३, २०७६ सोमबार
काठमाडौंमा रहेको अमेरिकी दूतावासले आर्थिक बर्ष २०१९ मा जारी गरेको गैरआप्रवासी भिसाको संख्या सार्वजनिक गरिएको छ । अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको एउटा रिपोर्टमा यो संख्या सार्वजनिक गरिएको हो ।
एकबर्षको अवधिमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले १८ हजार २ सय ७ जनालाई गैरआप्रवासी भिसा जारी गरेको छ । जुन गतबर्षको तुलनामा ७९२ ले बढी हो । आर्थिक बर्ष सन् २०१८ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासले १७ हजार ४ सय १५ गैरआप्रवासी भिसा जारी गरेको थियो ।
काठमाडौंमा रहेको अमेरिकी दूतावासले आर्थिक बर्ष सन् २०१७ मा २१ हजार ८ सय ९३, सन् २०१६ मा २३ हजार ६ सय ७, सन् २०१५ मा १९ हजार ४९, सन् २०१४ मा १२ हजार ४ सय ४२, सन् २०१३ मा ९ हजार २ सय ४७, सन् २०१२ मा ८ हजार ४ सय ३८, सन् २०११ मा ८ हजार ३७ र सन् २०१० मा ८ हजार २ सय ७७ गैरआप्रवासी भिसा जारी गरेको थियो ।
१० बर्षको अवधिमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले १ लाख १ हजार ४६ हजार ६ सय १२ गैरआप्रवासी भिसा जारी गरेको छ । आर्थिक बर्ष सन् २०१९ मा भने विश्वभरबाट अमेरिकाले ८७ लाख ४२ हजार ६८ गैरआप्रवासी भिसा जारी गरेको छ । जुन विगत ४ बर्षको तुलनामा सबैभन्दा कम हो ।
दक्षिण एसियामा सबैभन्दा धेरै भने भारतमा रहेका दूतावास र कन्सुलेटहरुबाट गैरआप्रवासी भिसा जारी गरिएको छ ।