भ्रमण वर्षको पूर्वसन्ध्यामा चिनियाँ राजदूतको फोटोसेसन


प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भोलीबाट सुरु हुँदैछ । नेपालका लागि चिनियाँ राजदूत होउ याङीलाई पनि भ्रमण वर्षको रौनकले छोएको छ ।

भोलिदेखि शुरु हुने भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ राजदूत होउ याङीले काठमाडौंको विभिन्न मन्दिरमा गएर फोटोसेसन गरी ट्विटरमा पोष्ट गरेकी छन् । रातो पहिरनमा फोटोसेसन गरेकी राजदूत निकै उत्साही देखिएकी छन् ।

तस्तिरका साथमा राजदूत होउले भ्रमण वर्षको शुभकामना दिँदै नेपाललाई घुम्नै पर्ने गन्तव्यको रुपमा चित्रण गरेकी छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com