देशको नेतृत्व गर्ने जिम्मा युवाहरुको : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न युवाहरु एक हुनुपर्ने बताउनु भएको छ । चितवनको रत्ननगरमा बुधबारदेखि सुरु भएको नेपाल जेसीजको ४६ औँ महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्धारमा महाधिवेशन गर्नु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले समृद्ध नेपाल निर्माण गर्ने जिम्मा युवाहरुलाई भएकाले देशको आर्थिक विकासमा युवाहरुको भूमिका अतुल्यनिय रहेको उहाँको भनाई रहेको छ । हामी अस्ताउँदा सुर्य हौँ, उहाँले भन्नुभयो ,‘तपाई युवाहरु उदाँउदो सुर्य हो ।

देशको अगामी नेतृत्व गर्ने जिम्मा तपाईहरुकै काँधमा छ । जेसीजले त्यस किसिमको युवा नेतृत्वको विकास गरिरहेको छ ।’उहाँले देशमा ठूलो त्याग र तपस्यपछि नयाँ राजनैतिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न युवाहरुले एक भएर अघि बढ्न आग्रह समेत गर्नुभयो । प्रचण्डले नेपाल भ्रमण वर्ष सफल बनाउन ७ वटै प्रदेशबाट एक साथ सुभारम्भ गर्ने कार्यक्रम रहेकाले जेसीज महाधिवेशमा उपस्थित जेसीहरुलाई सहभागि हुन अनुरोध समेत गर्नुभयो ।

नेपाल सरकारले नेपाल भम्रण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जनवरी १ देखि सुरु हुने भ्रमण वर्षको स्वागतका लागि तेस्रो पर्यटकीय नगरी सौराहाले तयारी अन्तिम चरण पुराएको छ । बुधवारबाट सुरु भएको जेसीजको ४६ औँ महाधिवेश नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । महाधिवेशमा नेपालभरका २५ सयभन्दा बढी जेसीहरुको उपस्थिति रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com