लायन्स क्लवको शैक्षिक कार्यक्रम


प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार

क्वीन्स बुद्ध लायन्स क्लव न्युयोर्क ले स्कुल जाने ३देखि १२ ग्रेड का बच्चाहरूलाई लक्षित गरि शैक्षिक अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ । कार्यक्रममा सुशोभित खड्काले आफु कसरी छात्रबृत्तिमा छानिएँ भन्नेबारे प्रकाश पारेका थिए । उनले कार्यक्रममा सोधिएका विभिन्न प्रश्नको जवाफ समेत दिएका थिए ।

शैक्षिक क्षेत्रमा उनीहरूलाई आवश्यक पर्ने ज्ञान सिप र सफलता प्राप्त गर्न आवश्यक ज्ञान र अनुभव बाँडेका गरेका थिए । न्युयोर्कमा शैक्षिक क्षेत्रमा सफलता प्राप्त गर्दै गरेका विद्यार्थीहरू र अभिभावकले कसरी आफ्ना बच्चाहरूले प्रगति गरिरहेका छन् भन्ने बारेमा जानकारी गराउने र शैक्षिक सफलताका लागि नेपाली बालबालिकालाई उत्प्रेरणा दिनुका साथै अन्य जिज्ञासा लाई सम्वोधन गरिएको थियो ।

अभिभावक राम खड्का र राजन कर्मचार्यले बिधार्थीहरूको शैक्षिक स्तर उकास्ने कार्यमा यस अन्तरक्रिया वाट थप हौसला प्राप्त गर्ने विश्वास व्यक्त गरे । सागै आफ्ना सन्तानलाई कसरी आफुले सहयोग गरिराखेको र आफ्नो भुमिकाको बारेमा जानकारी दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com