विदेशमा बेपत्ता नेपाली बढ्दै
प्रकाशित मिति : पुस १, २०७६ मंगलबार

वैदेशिक रोजगारीमा गएर सम्पर्कविहीन भइ परिवार र राज्यको खोजीमा रहेकामध्ये अधिकांशजानी बुझी बेपत्ता हुने गरेको पाइएको छ ।वैदेशिक रोजगारीमा गएकामध्ये आपतविपतमा परेकाबाहेक अधिकांश दोस्रो विवाह गर्ने, विदेशीको प्रेममा पर्ने र पारिवारिक कलहमा फसेका पुरुष धेरै हुनेगरेको पाइएको छ । यसरी सम्पर्कविहीन हुनेहरू जानीबुझी परिवार र राज्यको सम्पर्कमा आउन नचहाने बढी छन् ।
वैदेशिक रोजगारीमा गएर बेपत्ता वा सम्पर्कविहीन भएर परिवार र राज्यले खोजी गरिरहेका नेपाली विवाह गरेर उतै बस्ने, विदेशीसँग प्रेममा फस्ने, स्वदेशमा धेरै ऋण भएका र पारिवारिक कलह मुख्य कारण देखिएको छ ।जानीबुझी परिवारको सम्पर्कमा आउन नचाहेका कारण सरकारले उद्दारमा गरेको प्रयास निर्थक बन्ने गरेको सरकारी अधिकारीहरूको अनुभव छ । सिन्धुली मरिनकी सविता राईले आफ्ना श्रीमान १० वर्षअघि वैदेशिक रोजगारीमा मलेसिया गएको र २ वर्षदेखि परिवारको सम्पर्कमा नरहेको भन्दै उद्दार तथा खोजतलास गरिदिन अनुरोध गरेपनि दोस्रो विवाह गरेकै कारण सम्पर्कमा नआएको खुलेको छ । दुई वर्षदेखि हराएका श्रीमानको खोजीका लागि प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)मा निवेदन दिएकी राईले श्रीमानले रोजगारीकै क्रममा दोस्रो विवाह गरेका कारण सम्पर्कमा नआएको खुलासा गरिन् । साथमा १२ वर्षीया छोरी ल्याएर काठमाडौं आएकी सविता भने श्रीमान सहकुललाई जसरी पनि नेपाल झिकाइदिन अनुरोध गदै आईरहेकी छिन् ।
यस्तै, रोजगारीका लागि साउदी अरब गएका गोरखाका गणेश गुरुङ ६ महिनादेखि परिवारको सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ ।गुरुङ सडक दुर्घटनामा परेको अपुष्ट खबर पत्नी मञ्जु गुरुङले पाएपनि उनको वास्तविकता भने अभैm पत्ता लाग्न सकेको छैन । गुरुङ भने जानबुझी सम्पर्कमा नआएका हुन् । सरकारलगायत उद्दारको काममा सहयोग गर्दै आइरहेका विभिन्न संघ संस्थाले पनि उनी सम्पर्कमा नआउनुको कारण भने खाजी गरिरहेका छन् ।वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै उद्दार तथा खोजतलास गरिदिन अनुरोध गर्दैसरकारी निकाय र विभिन्न संघसस्था धाउने परिवारको संख्या पनि बढेको पीएनसीसीले जनाएको छ । वैदेशिक रोजगारीका क्रममा ३८८ जना कामदारको परिवारले खोजी गरिदिन भन्दै आवेदन दिएको पीएनसीसीले जनाएको छ । यसरी हराउनमा पुरुष धेरै रहेका छन् ।मलेसियामा गएका धेरै पुरुष हराउने गरेको पीएनसीसीले जानकारी दिएको छ । सबैभन्दा धेरै नवलपरासीबाट हराएको उजुरी आएको पीएनसीसीले जनाएको छ । पीएनसीसीले ५ वर्षको अवधिमा ५ हजार निवेदन वैदेशिक रोजगारसम्बन्धी आएको जनाएको छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो वर्षमात्र रोजगारीका क्रममा विदेशमा उद्दार र खोजतलास गरी ६६ नेपालीको उद्दार गरेको जनाएको छ । यसरी खोजतलास र उद्दार गरिएकामध्ये केही भने सम्पर्कमा नभएका नेपालीहरू पनि रहेको बोर्डले जनाएको छ । रोजगारीमा गएर नेपाली सम्पर्कविहीन हुने देशमा सबैभन्दा अगाडी मलेसिया र साउदी अरेबिया रहेको छ । सो अवधिमा मलेसिया २१ र साउदी आरबबाट २१ नेपालीको उद्दार र खोजतलास गरिएको छ । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेशमा सम्पर्क भएर अलपत्र परेका र सम्पर्कमा नै नआएका नेपालीको उद्दार र खोजतलासका लागि परिवारले निवेदन दिने गरेको जानकारी दिए ।
“साउदी अरब र केही खाडी मुलुकमा बेपत्ता भएका नेपालीको खोजतलास गर्न कुटनीतिक रूपमा नै असजिलो हुने गरेको छ,” कार्यकारी निर्देशक श्रेष्ठले भने, “कतिपय अवस्थामा खोजतलास गरेर फेला पारेपनि परिवारिक बेमेलका कारण फेला गरेका व्याक्ति नेपाल फर्कन नमान्ने गरेको पाईएको छ ।” सरकारले अघिल्लो आवमा ओमान, कतार, कुवेत, यूएई र साईप्रसलगायतका देशबाट धेरै नेपालीको उद्दार तथा खोजतलास गरेको थियो ।
यसमध्ये पुरुषको संख्या ६४ र महिलाको संख्या २ रहेको थियो । यस्तै पीएनसीसीमा मात्रसन् २०१३ देखि हालसम्म रोजगारीका लागि विदेश गएका युवाहरू परिवारको सम्पर्कमा नभएको भन्दै ३ सय ८८ वटा उजुरी परेका छन्। परेका उजुरीमध्ये पीएनसीसीले विभिन्न संघसंस्थाहरूको समन्वयमा २ सय ३१ उजुरीको प्रक्रिया अघि बढाएको थियो ।- गोपाल संग्रौला / कारोबार