अप्रिलदेखि नयाँ शीर्षकमा भिसा शुल्क बढाउने तयारीमा अमेरिकी सरकार


प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

अमेरिकी सरकारले भिसा सेक्युरिटी शुल्कका नाममा भिसा शुल्क बढाउने तयारी गरेको छ । आगामी अप्रिलमा ल्याउन लागिएको उक्त परिवर्तनलाई अमेरिकी सरकारले मुख्य नियमका रुपमा व्याख्या गरेको छ ।

अमेरिकी सरकारको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले विश्वभरका दूतावासहरुमा भिसा सेक्युरिटी कार्यक्रम अन्तरगत स्पेशल एजेण्ट खटाउँदै आएको छ । उनीहरुले भिसा सुरक्षा गतिविधिका साथमा विदेशमन्त्रालयका कर्मचारीहरुलाई तालिम समेत उपलब्ध गराउँदै आएका छन् ।

भिसा सेक्युरिटी कार्यक्रम अन्तरगत हरेक भिसा आवेदकको स्वचालित प्रणालीबाट सुरक्षाजाँच गरिन्छ । यो प्रणाली अन्तरगत अमेरिकी विदेशमन्त्रालयले भिसा जारी गर्नुभन्दा अगाडि शतप्रतिशत भिसा आवेदकहरुको जाँच गरिन्छ । सुरक्षा जाँचका क्रममा कुनै आवेदकको नकारात्मक विवरण देखिन आएमा थप जाँचबुझ गरिन्छ भने आपराधिक र आतंककारीहरुसँग सम्बन्ध भए नभएको जाँचबुझ गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो कामका लागि अहिलेसम्म आइसले भिसा आवेदकबाट शुल्क लिने गरेको थिएन । तर अब भिसा आवेदकबाट सुरक्षा जाँचका नाममा नयाँ शुल्क लिने तयारी गरिएको हो । आवेदकबाट भिसा शुल्क लिएर अमेरिकी करदाताको भार कम गर्ने योजना बनाइएको अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी सरकारले भिजिटर लगायतका कैयन गैरआप्रवासी भिसाका लागि १६० डलर शुल्क लिदै आएको छ । त्यस्तै गैरआप्रवासी कामदार भिसाका सन्दर्भमा भने १९० डलर शुल्क लिइदै आएको छ । मंगेतर भिसाका लागि भने २६५ डलर लिइदै आएको छ । यो सन्दर्भमा सुरक्षा जाँचका नाममा कति शुल्क लिने भन्नेबारे अहिले नै खुलाइएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com