गुगलमा सर्वाधिक खोजिएको चलचित्रमध्ये ‘कबिर सिंह’ शिर्ष स्थानमा
प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

यो वर्ष गुगलमा सर्वाधिक खोजिएका चलचित्रमध्ये बलिउड चलचित्र ‘कबिर सिंह’ शिर्ष स्थानमा रहेकोे पाइएको छ ।
हालै गुगल इण्डियाले सार्वजनिक गरेको एक रिपाेर्टअनुसार सन् २०१९ मा भारतमा सर्वाधिक खोजि भएका चलचित्रको सूचीमा ‘कबिर सिंह’ पहिलो नम्बरमा परेको हो ।
शाहिद कपूर र कियारा आडवाणीको मूख्य अभिनय रहेको चलचित्र ‘कबिर सिंह’ तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक हो । जसको निर्देशन सन्दीप रेड्डी वांगाले गरेका थिए ।
‘कबिर सिंह’ भारतीय बक्सअफिसमा सन् २०१९ मा सर्वाधिक कमाई गर्ने चलचित्रको दोस्रो नम्बरमा छ । जुन् २१ मा रिलिज भएको चलचित्रले कबिर २ सय ७८ करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको थियो।
गुगल इण्डियाले सार्वजनिक गरेको टप–१० चलचित्रमा सातवटा बलिउडका चलचित्र परेका छन् भने तीन वटा हलिउड चलचित्र छन्।
‘कबिर सिंह’पछि उक्त सूचीको दोस्रो, तेस्रो र चौथो स्थान भने हलिउड चलचित्रले ओगटेका छन् । हलिउड चलचित्र ‘एभेन्जर्सः एण्डगेम’ दोस्रो, ‘जोकर’ तेस्रो र ‘क्याप्टेन मार्वल’ चौथो स्थानमा छन् ।
यस्तै बाँकी पाँचौ नम्बरदेखि १० औँ नम्बरसम्म भने सबै बलिउड चलचित्र रहेका छन्।
पाँचौँ नम्बरमा ऋतिक रोशनको ‘सुपर ३०’, छैठौँमा अक्षय कुमारको ‘मिशन मंगल’, सौतौँमा रणवीर सिंह र आलिया भटको अभिनय रहेको चलचित्र ‘गली व्याय’, आठौँमा ऋतिक र टाइगर श्राफको ‘वार’, नवौमा अक्षय कुमारकै ‘हाउसफुल ४’ र १० औँ नम्बरमा विक्की कौशलको अभिनय रहेको चलचित्र ‘उरीः द सर्जिकल स्ट्राइक’ रहेको छन्। एजेन्सीको सहयोगमा