आइसीयूबाटै हेर्नुभयो प्रधानमन्त्री ओलीले सागको प्रत्यक्ष प्रसारण
प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भएको १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) को उद्घाटन समारोह महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरको आइसीयूमा रहेर प्रत्यक्ष प्रसारण हेर्नुभएको छ ।
खेलाडीहरूलाई निकै मन पराउने प्रधानमन्त्री ओलीले आइप्याडमा यहाँस्थित दशरथ रङ्गशालामा भएको सागको उद्घाटनको प्रत्यक्ष प्रसारण हेर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।