आईजीपी खनाल सुदूरपश्चिममा, समातिएलान् निर्मलाको हत्यारा ?


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको दोषी पत्ता लगाउन नसकेर करिब १६ महिनादेखि दबाब झेल्दै आएको नेपाल प्रहरीले उक्त घटनालाई अझै पनि प्राथमिकताका साथ अनुसन्धान गरिरहेको छ । अपराधी पत्ता लगाउन नसकेर आलोचना खेपिरहेको प्रहरीले यतिबेला सुक्ष्म र गोप्य ढङ्गले अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ ।

यही समय प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल करिब २४ घण्टा सुदूरपश्चिम प्रदेशमा रहेर उक्त घटनाको अनुसन्धानमा भइरहेको प्रगति र अन्य विवरणबारे जानकारी लिएका छन् ।

स्रोतका अनुसार अछाममा प्रहरी कार्यालय भवन उद्घाटनका लागि पुगेका आईजीपी खनाल बिहीबार राति कैलालीको धनगढीस्थित एक होटलमा बास बसेका थिए । उनले आफू बसेको होटलमै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दीपककुमार आचार्यलाई बोलाएर छलफल गरेका छन् ।

सामान्यतया, अछामको तुलनामा धनगढी सुविधासम्पन्न भएकाले पनि आईजीपी खनाल अछामको कार्यक्रमका सिलसिलामा धनगढीलाई ‘सेल्टर’ बनाएको मान्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, एउटा कार्यालय भवन उद्घाटनको औपचारिक कार्यक्रम लिएर सुदूरपश्चिम प्रदेश पुगेका उनले आफूसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रमुख एवं डीआईजी निरज शाही र सचिवालयका डीएसपी गौतम केसीलाई समेत लिएर जानु भने स्वाभाविक होइन ।

प्रहरीले डिएनए परीक्षणअनुसार दिलिपसिंह विष्टलाई पक्राउ गर्ने भएको छ । स्रोतकाअनुसार विष्ट नै मुख्य दोषी देखिएकाले पक्राउ गरेर थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

उक्त प्रकरणमा निर्मलाको आमा दुर्गादेवीको जाहेरीपश्चात बिष्टलाई पक्राउ गर्न आदेश दिन आईजीपीले कञ्चनपुरका एसपी आचार्यलाई भेटेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार आईजीपी खनालसँगै निलम्बित डीएसपी अङ्गुर जिसी पनि सँगै थिए । सुरुमा निर्मला हत्या प्रकरणको अनुसन्धान डीएसपी केसीले नै गरेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख शाही नेतृत्वको जम्बो टोलीले निर्मला पन्त बलात्कार–हत्याबारे लामो समयदेखि अनुसन्धान गरिहरेको भएपनि नतिजा आउन सकेको छैन् ।

त्यसैले पनि आईजीपी खनालले सीआइबी प्रमुखलाई समेत साथमा लिएर सुदूरपश्चिममै कैलाली र कञ्चनपुरका जिल्ला प्रहरी प्रमुखहरुसँग छलफल गरेको स्रोत बताउँछ । आईजीपी खनाल शुक्रबार नेपालगन्जको अन्तिम उडानबाट काठमाडौँ फर्किसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com