मेक्सिको सिमाक्षेत्रमा पर्खालका लागि निजी जग्गा हडप्ने तयारी, दर्जनौं जग्गाधनीलाई सरकारी पत्र


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

अमेरिकी सरकारले मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउनका लागि निजी जग्गा समेत हडप्ने तयारी गरेको छ । त्यसका लागि सरकारले क्यालिफोर्निया, न्यु मेक्सिको र टेक्सासका दर्जनौं जग्गाधनीहरुलाई पत्र पठाएको छ । अमेरिकी रक्षा मन्त्रालयका तर्फबाट पठाइएको पत्रमा सरकारले ती क्षेत्रमा पर्खाल लगाउनका लागि सर्वेक्षण गर्ने जनाइएको छ ।

प्रवेशको अधिकार नामको उक्त पत्रले सरकारलाई सिमाक्षेत्रमा पर्खाल लगाउने प्रयोजनका लागि उनीहरुका नीजि जग्गामा वातावरणीय आकलन, मूल्यांकन, सर्वेक्षण लगायतका काम गर्न अनुमति दिन्छ । यदि जग्गाधनीले उक्त पत्रमा हस्ताक्षर नगर्ने निर्णय गरेमा उक्त मामला रक्षा मन्त्रालयले न्याय मन्त्रालयमा पठाउनेछ । अदालतले उक्त जग्गामा अस्थायी पहुचका लागि आदेश जारी गर्न सक्नेछ ।

सरकारले ४५० माइल पर्खाल निर्माणका सन्दर्भमा नीजि जग्गामा समेत पहुच कायम गर्नुपर्ने अवस्था आउने जनाएको छ । समान्यतया सरकारले सार्वजनिक प्रयोजनका लागि नीजि जग्गा अधिग्रहण गर्न पाउने नियम छ । र विगतमा अधिग्रहण गर्दै आएको छ । जग्गाधनीहरु केबल क्षतिपूर्तिको लागीमात्र लडाई लडेको देखिन्छ ।

जग्गाको उचित मूल्यका लागि जग्गाधनीहरुले कानुनी लडाई लड्नुपर्ने अवस्थासमेत आउनसक्छ । अहिलेसम्म सीबीपीले ७८ माइलको पुरानो तारबारलाई अपडेट गरेर नयाँ प्रणालीको डिजाइन बनाएको छ । टेक्सासको रियो ग्रान्दे उपत्यकाबाट सिमाक्षेत्रमा पर्खाल लगाउने काम सुरु भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com