बोइङ बेच्न तेस्रोपटक बोलपत्र आह्वान
प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटक बेलपत्र आह्वान गरेको छ । निगमले आल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो ।
निगमले यसपटक सुरुको तुलनामा ३९ करोड रुपैयाँ कम मूल्य तोकेको छ । यसअघि निगमले सो विमान ८७ करोड ५१ लाख रुपैयाँमा बेच्ने भन्दै मूल्य तोकेको थियो ।