राष्ट्रपतिमा रिपब्लिकनबाटै ट्रम्पलाई चुनौति दिएका मार्कले छाडे मैदान


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

सन् २०२० को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई रिपब्लिकन पार्टीबाटै चुनौती दिएका साउथ क्यारोलाइनाका पूर्व गभर्नर मार्क सानफोर्डले चुनावी मैदान छाडेका छन् । २ महिना अगाडि उम्मेदवारी दिने घोषणा गरेका उनले मंगलबारे चुनावी अभियान अन्त्य गरेको घोषणा गरेका छन् ।

सानफोर्ड ट्रम्पलाई चुनौती दिने तीनजना रिपब्लिकन मध्येका एक हुन् । मासाचुसेट्सका पूर्व गभर्नर विल वेल्ड र इनिनोयका पूर्व सांसद जो वाल्शभने अहिले पनि चुनावी मैदानमा नै छन् । उनीहरुले राष्ट्रपतिका लागि उम्मेदवारी दिने वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिने जनाएका छन् ।

अमेरिकामा सन् २०२० को नोभेम्बरमा राष्ट्रपतिको लागि चुनाव हुँदैछ । उक्त चुनावमा भाग लिनका लागि आफ्नो पार्टीको प्राइमरी चुनाव जित्न आवश्यक छ । प्राइमरी जितेका उम्मेदवारहरु अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन् ।

चुनाव आउन एकवर्षभन्दा पनि कम समय बाँकी रहँदा उम्मेदवारी घोषणा गर्ने र फिर्ता लिनेहरुको दौडधुप चलिरहेको छ । ठूलो संख्यामा डेमोक्रेटिक उम्मेदवारहरु चुनावी मैदानमा छन् । तर अर्बपति ब्यापारी माइकल ब्लुमबर्गको चर्चाले यतिबेला अमेरिकाको चुनावी राजनीति तरंगीत भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com