भ्रमित खुशी


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

– गीता पन्थ

आशातीत एउटा सुन्दर विहान
कावा खेल्दैछन् मनका चराहरु
रित्याएर आफूलाई सम्पूर्ण
उज्यालो पोखिरहेछ कलिलो घाम ।

अनायाश पहिरो चल्दा मनमा
लथालिंग थिए सुनौला रहरहरु
थुम्थुमाएर भग्नावेश विस्तारै
चुलिरहेछन् सम्भावनाका शिखरहरु ।

अतिरिक्त खुशी या अतिरिक्त दुख
सामञ्जस्य मिलाउँदैछ समय विस्तारै
गुमाउनु र पाउनुको अन्तिम विन्दुमा
हस्ताक्षरित छन् जिजिविशाहरु ।

सुनौलो भोगाइको ईश्र्यालाग्दो पर्खाई
असन्तुलित भावावेशको मस्त हाँसो
लाग्दैछ अब जिन्दगी जीवन बन्दैछ ।

 

गीता पन्थ न्युयोर्क निवासी साहित्यकार हुनुहुन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com