प्रधानमन्त्री सचिवालय सदस्य हेरफेर हुँदै


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुको कार्यशैली र कार्यसम्पादन सन्तोषजनक नभएको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सचिवालय सदस्य हेरफेर गर्ने तयारी गरेका छन् ।

सल्लाहकार र सचिवालय सदस्यसँग असन्तुष्ट रहेका ओलीले सबैलाई राजीनामा गर्न सुझाउँदै सचिवालय सदस्य हेरफेर गर्ने तयारी गरेका हुन् ।

मंसिर पहिलो सातादेखि लागू हुनेगरी सल्लाहकार र सचिवालय सदस्य हेरफेर गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । जिम्मेवारी हेरफेर हुने भएसँगै सबै सल्लाहकारले राजीनामा दिने तयारीमा रहेका बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com