१७ विदेशी एयरलाइन्स सम्पर्कबिहीन,पाँच करोड बक्यौता उठाउन बाँकी


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

नागरिक  उड्डयन प्राधिकरण र त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्सबाट बक्यौता उठाउन सकेका छैनन् । ती एरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रहेको ४ करोड ८४ लाख रुपैयाँ उठाउन कडाइका साथ पहल पनि भएको छैन । नपालका कार्यालय बन्द गरिसकेका ती विदेशी एयरलान्स सम्पर्कबिहीन छन् ।

बक्यौता रकम जहाज अवतरण (ल्यान्डिङ), पार्किङ, (विमान), एष्यर नेभिगेसज (सञ्चार तथा उड्डयन सहाय सेवा), विमानस्थल विकास शुल्क, घरभाडासहितको रकम हो । बेलैमा सरकारी दायित्व नतिर्ने एयरलाइन्स वा संस्थासँग गरिएको सम्झौतापत्र स्थगन गर्न सकिने वा सम्पत्ति रोक्का राख्ने अधिकार प्राधिकरणको नियमावालीले विमानस्थल प्रमुुखलाई दिएको छ । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com