एनआरएन अमेरिकाको चुनाव स्थगित गरेको निर्वाचन आयोगको घोषणा


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

आगामी अगस्त ११ र १२ मा हुने भनिएको एनआरएन अमेरिकाको चुनाव स्थगित गरेको एनआरएन अमेरिकाको निर्वाचन आयोगले घोषणा गरेको छ ।

अमेरिकाको टेनिसीमा रहेको अदालतले अगस्त ११ र १२ मा चुनाव नगर्न निरोधक र निषेधात्मक आदेश जारी गरेपछि आयोगले एक सुचना जारी गरि चुनाव अनिश्चितकालसम्मका लागि स्थगित गरेको हो ।

अध्यक्षमा आफ्नो उम्मेदवारी कायम हुनुपर्ने भन्दै गौरी जोशीले निरोधक आदेशको माग गर्दै अदालतमा आवेदन दिएका थिए । जोशीको आवेदनका पक्षमा फैसला गर्दै अदालतले निरोधक आदेश जारी गरेको हो ।

अदालतले जोशीको उम्मेदवारी कायम गरेर निर्वाचनको नयाँ मिति तोक्न भने एनआरएन अमेरिकालाई बाटो खोलिदिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com