एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनएमा सांगठानिक पुनसंरचना जरुरी नभएको बताउनुभएको छ । एनआरएनको सांगठानिक संरचना दीर्घकालिन सोंचका साथ बनाइएकाले कम्तीमा एकसयबर्ष फेर्नु नपर्ने उहाँले बताउनुभयो । एबीसी टेलिभिजनमा कार्यक्रम टक अफ द टाउनको एनआरएन विशेषमा कुराकानी गर्दै महतोले संस्थामा सानातिना कुरा समयअनुशार परिवर्तन गर्नुपर्ने भएपनि पूरै संरचना नै बदल्नुपर्ने आवश्यकताको महशुस कुनै पनि एनआरएनले नगरेको बताउनुभयो ।

कार्यक्रम टक अफ द टाउनमा किशोर पन्थी र सुनिता शर्मासँग कुराकानी गर्दै महतोले भन्नुभयो – ‘ पदहरु थप्ने, क्षेत्रीय संरचनाहरु कसरी बनाउने लगायतका विषयमा सुधार ल्याउन सकिन्छ तर पुनसंरचना जरुरी छैन । कसैले पनि संरचना बिगार्नु हुदैन, बनाउनुपर्छ र सपार्नुपर्छ । भएकोलाई सपार्न सक्नुहुन्न भने त्यसलाई नबिगार्नुहोस् ।’

कार्यक्रम टक अफ द टाउन एनआरएन विशेषमा मंगलबार एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष तथा संस्थापक जीवा लामिछानेको अन्तरवार्ता प्रशारण गरिएको थियो । एनआरएनएका दुई संस्थापकहरु लामिछाने र महतोले एकसाथ टेलिभिजनमा दिनुभएको यो नै पहिलो अन्तरवार्ता हो । एबीसी टेलिभिजनमा हरेक दिन दिउसो ४ बजेदेखि ५ बजेसम्म एनआरएन विशेष कार्यक्रम प्रशारण भइरहेको छ । कार्यक्रम अक्टोबर १७ सम्म जारी रहनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here