-अच्युत सिग्देल

एक सदस्यको उम्मेदवार प्रत्याशीको नाताले कुनै गुट उपगुटमा नलागी प्रत्यक्ष निर्वाचन मार्फत चुनिएर आउने नेतृत्वप्रति पूर्ण सहयोगीको भूमिका निभाउने प्रण गर्दै सवैसँग समान सद्भाव र सआदर व्यवहार गर्दै समाजका संघ संस्था , व्यक्तिको विचारलाई एनआरएनमा खुला वहश चलाउन सक्ने वातावरणको विकास नै मेरा मुल विषय ठान्दछु ।

मेरो व्यक्तिगत विचारमा वर्तमान एनआरएन अमेरिकाका प्रत्याशीहरू प्रचारमुखी ज्यादा देखिन्छन् । व्यक्तिगत सम्वन्ध सुमधुर हुँदाहुदै पनि सामाजिक सँगठनमा नेतृत्वको लागि सहकार्य नहुनु धेरै दुखद कुरा छ ।

सवै अध्यक्ष उम्मेदवारहरू वर्तमान नेतृत्वसँग तात्विक विमती राख्दैनन् । न कि कार्ययोजना वा पूर्वतयारी योजना नै फरक विचार राख्दछन् । तसर्थ सवै आआफ्नो ठाँउवाट एक कदम हटेर समझदारी वनाउने हो भने सही र सर्वसम्मत नेतृत्व चयन हुन सक्छ ।

वर्तमान कार्यसमितिका कृयाशिल सवैजना कुनै न कुनै पोष्टमा अटाउन सक्छन् । बाँकी दुई वर्ष र दीर्घकालीन योजना सहित सामान्य कामहरूको सुचिकृत र प्रश्रय मुलक कार्य संयोजन गर्नेसक्ने एक संयोजनकर्ताको आवश्यकता हो एनआरएन ।

जसरी सुकेका हाँगाहरू काटेर नयाँ पालुवाहरूलाई वढ्न दिनुपर्दछ । त्यसरी नै कामगर्न नसक्नेहरूले नयाँहरूलाई ठाऊ दिदै एक आपसमा अनुभव साट्दै सौहाद्रपुर्वक जाने परिपाटीको विकास हुनु जरूरी छ ।

ससाना वर्ग, समुदाय , जात , पेशा र राजनीतिमा टुक्रिएर रहेको नेपाली समाजलाई जोड्ने एक सामाजिक संस्था हुनु पर्दछ एनआरएन । अव आउने अध्यक्ष र कार्यसमितिले वढो सतर्कता पूर्वक कार्य सम्पादन नगर्ने हो भने हामी र हाम्रो समाज साँच्चै नै लाजमर्दो दिशान्मुख छ । औसत १० देखि २० जनाको परिवार शान्त परिवारबाट आएका हामी नेपाली हरू ८ देखि १० जनाको सामाजिक संगठन खोलेर के गर्न खोजिरहेका छौ ?

प्रवाशमा हामीहरूको मपाईत्वले चरम रूप लिएको छ । मैले गरे सवै ठीक र सामुन्नेको सवै वेठीक । आफ्नो सोच नै सार्वजनिक सोच र आफूले गरेका निर्णय नै सामुहिक निर्णय ठानिदिने अहम् प्रवृतिले सामाजिक सँगठनको प्रभावकारितामा शँका उत्पन्न भएको छ ।

अरूले गरेका सवै राजनीति हुने र आफूले गरेका सवै समाजसेवा ठान्ने प्रबृत्तिले सामाजिक संरचना र सौहाद्रतामा ह्रास आएको छ । जातपात र वर्गीय समाजको वकालतले प्रवाशमा जुटाउने हैन टुटाउने डर वढेर गएको छ । भविश्यमा हामीले हामी नेपाली भनेर हाम्रा सन्ततीलाई गर्वका साथ चिनाउने आधार.को वारेमा सोंच्न जरूरी भै सकेको छ ।

सहयोगी भावना कम हुदै जानु , स साना समस्याको लागि आर्थिक सँकलन गर्नपर्नु, एक आपसमा सहयोग नहुनु, आफ्नो समाजप्रति विश्वास नगर्नु, आधिकारिक संगठनविना आआफ्नो तरिकावाट गÞलत विश्लेषण र वकालत गर्दा हाम्रो समाजमा दुरगामी नकारात्मक असर पर्ने सम्भावना छ ।

तत्काल नेपाली समाजलाई जोड्न र ससाना सकारात्मक काम गर्नसक्ने सहयोगी हातहरूले नेतृत्व लिन सके अमेरिकामा एनआरएनले वृहत्तर रूप लिनसक्छ । हामी करिव तीनलाख नेपाली एउटै छाता भित्र अटाउने वातावरण वनाउन सकेमा, महिनामा एकडलर लगानी गर्ने सके अमेरिकामा नै ठूला ठूला काम गर्न सक्ने वृहत सम्भावना छ ।

भाषा, संस्कृति, कला, साहित्य र संगीतको श्रृजना र सरक्षण गर्दै हामी नेपाली भएकोमा गौरव गरौं । आफ्ना सन्ततीहरूलाई नेपालीपनको सकरात्मक सन्देश दिऔ । हामी राम्रो वने हाम्रो समाज राम्रो हुन्छ । एनआरएनएलाई सवैले सहयोग गरौ । टिम वनाउन सक्ने र सामुहिक नेतृत्वमा विश्वास राम्रा व्यक्तिलाई अगाडि ल्याउन सहयोग गरौ ।
जय नेपाली । जय प्रवाश । जय एनआरएन ।


सिग्देल एनआरएन अमेरिकामा बोर्ड अफ डाइरेक्टरका उम्मेदवार आकांक्षी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here