एनआरएन अमेरिकाको अध्यक्षमा गौरी जोशीको उम्मेदवारी अयोग्य, यी हुन् अन्य उम्मेदवार


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

एनआरएन अमेरिकाको निर्वाचन आयोगले अध्यक्षमा गौरी जोशीको उम्मेदवारी खारेज गरिदिएको छ । निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको सुचीमा गौरी जोशीको नाम समावेश गरिएको छैन । जोशीको उम्मेदवारी विधानसम्मत नभएको भन्दै उम्मेदवार सुचीमा नाम समावेश नगरिएको हो ।

एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार अब चारजनामात्र बाँकी रहेका छन् । डाक्टर केवश पौडेल, कृष्ण पोखरेल, रविना थापा र राम सी पोखरेलको नाममात्र अध्यक्षका उम्मेदवारको सुचीमा रहेको छ ।

सम्पूर्ण उम्मेदवारको सुची हेर्न यहाँ क्लिक गर्नुहोला ।

आईसीसी सदस्यमा ८ जनाको पदमा जम्मा ९ जनाको उम्मेदवारी सदर गरिएको छ । आईसीसी सदस्यमा बलराम थापा, बन्दना कोइराला, बनिता कतिला, धर्म भट्टराई, डिल्लीराम भट्टराई, प्रकाश सापकोटा, शंकर खड्का, शुशिल रेग्मी र लोकनाथ तिवारीको मात्र उम्मेदवारी परेको छ ।

एनआरएन अमेरिकाको बरिष्ठ उपाध्यक्ष पदमा भने सुनिल शाह र तेम्बा शेर्पाको मात्र उम्मेदवारी परेको छ । महासचिव पदमा बाबुराम लामा, महेश मल्ल, पूर्णचन्द्र बानिया र सूर्य लम्सालको उम्मेदवारी परेको छ ।

त्यस्तै क्षेत्रीय उपाध्यक्षमा भने मध्यपश्चिम क्षेत्रबाट पुरुषोत्तम बोहरा र राधा पौडेल, उत्तर पूर्व क्षेत्रबाट हरिषचन्द्र हमाल, रामकुमार सुवेदी, सञ्जिव श्रेष्ठ र सुमन बुढा, दक्षिण क्षेत्रबाट भुवन आचार्य र जेदु पोखरेल, पश्चिम क्षेत्रबाट मणी नेपाल, नारायण बन, सर्वज्ञ वाग्ले र उमा कार्की थापाको उम्मेदवारी परेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com