एनआरएन अमेरिकाका उम्मेदवार आकांक्षी : नाईके ज्यादा, कामदार कम


प्रकाशित मिति : फाल्गुन २१, २०७३ शनिबार

– अच्युत सिग्देल

प्रवाशमा निर्वाशन मन भोगिरहेका, दिनानानुदिन नेपाली मायाले रूझिरहेका हामी तमाम नेपाली माझ एन आर एन एक साझा चौतारी भएर आएको छ ।

ठूलो समथर भन्ज्याङ मा ठिङ्ग् ऊभिएकी यी प्यारी पिपल र जगरक्क छिप्पिदै गरेको यो वरलाई चिटिक्क पारेर पञ्चे वाजा वजाएर विवाह गरिदिनु छ । दायाॅ वायाॅका ढिस्का, र पत्थर फोरेर सम्मयाऊनु छ । र चिटिक्क परेको चौतारी वनाऊनु छ ।

झरि परेको वेला ओत, ईन्साफ परेको वेला सुनवाई, फूर्सद भएको वेला भलाकुसारी, मर्दा पर्दा जमघट गर्न र आ आफ्ना चाड पर्वमा छमछमि् कम्मर मर्काएर नाच्न र दु:ख पर्दा वेफिक्र रून सक्ने प्यारो ठाऊ वनाऊनु परेको छ ।
हामीलाई गतिला वलिया हातहरू चाहिएको छ । वर्तमान चुनावी ऊन्मेद्वारहरू हेर्दा सवै जना नाईके ज्यादा
कामदार कम वन्न मात्र रूचिकर रहेको देखिन्छ ।

नाईके ले मात्र काम नवन्ने हुदा कुटो, कोदालो र गल वोकेर म चाहि विना ज्यालाको कुल्लीको रूपमा सानो सदस्यको रूपमा ऊन्मेद्वारी दिने घोषणा गर्दैछु । म सॅग नारा छैनन् गर्न सक्ने तमाम काम छन् । भोली यो यो काम गरियो भनेर गर्व गर्न सकियोस । म प्रयास गर्छु तपाई हरू सवैले एक पटक साथ दिनुस ।

सिग्देल एनआरएन अमेरिकाको आगामी निर्वाचनमा बोर्ड अफ डाइरेक्टरका आकांक्षी हुन् । यदि तपाईलाई पनि एनआरएनबारे केही भन्नु छ भने [email protected] मा इमेल गर्नुहोला । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com