एनआरएनए अमेरिकाको चुनाव मे १८ र १९ मा


प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार

एनआरएनए अमेरिकाको चुनाव आगामी मे १८ र १९ मा हुने भएको छ । एनआरएनए अमेरिकाको निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुशार मे १८ मा न्ययोर्क समय अनुशार विहान ८ बजे सुरू हुने चुनाव मे १९ को राती ११:५९ सम्म जारी रहनेछ । मतदाताले अनलाईन मार्फत भोट हाल्न सक्नेछन् ।

चुनावी परिणामको घोषणा मे २१ मा गरिनेछ भने प्रमाणपत्र प्रदान र सपथग्रहण जुलाई ६ मा गरिने छ । यसपटकको चनावका लागि उम्मेदवारी दर्ताको अवधि अप्रिल १४ देखि १७ सम्म रहेको छ । मे ७ मा उममेदवारको अन्तिम सुची प्रकाशित गरिनेछ ।

उम्मेदवारी दर्ताका लागि अध्यक्षमा २ हजार डलर, बरिष्ठ उपाध्यक्ष र महासचिवमा १५ सय डलर, क्षेत्रीय उपाध्यक्षमा १३ सय डलर, आईसीसी सदस्य, एनसीसी सचिव र कोषाध्यक्षमा १ हजार, सहकोषाध्यक्षमा ८ सय र एनसीसीका अन्य पदमा ७ सय डलर तिर्नपर्नेछ । त्यस्तै च्यापटर अध्यक्षमा उम्मेदवारी दर्ताका लागि दर्ता शुल्क ५ सय डलर तोकिएको छ ।

सम्पूर्ण चुनावी कार्यतालिका यहाँ हेर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com