अब बन्ला त एनआरएनए डिस्काउन्ट कार्ड ?


प्रकाशित मिति : श्रावण १४, २०७४ शनिबार

एनआरएन अमेरिकाका अध्यक्ष पदका प्राय सबै उम्मेदवारहरुले अब एनआरएनए अमेरिकाका सदस्यहरुलाई परिचयपत्र दिइने र त्यसमार्फत उनीहरुले विभिन्न सेवा र सामाग्रीमा निश्चित प्रतिशत डिस्काउन्ट प्राप्त गर्नसक्ने एजेण्डा अगाडि सारेका छन् ।

एनआरएनए अमेरिकाको परिचयपत्र देखाएर निश्चित रेष्टुरेण्ट, होटल, एयरलाइन्स वा सेवा लगायतका क्षेत्रमा निश्चित प्रतिशत डिस्काउन्ट पाउने व्यवस्था गर्ने एजेण्डाको चर्चा केहीबर्षदेखि हुँदै आएपनि एनआरएनए अमेरिकाले आफ्ना सदस्यहरुलाई सामान्य सदस्यता परिचयपत्र समेत उपलब्ध गराउन सकेको छैन ।

अमेरिकामा विभिन्न राज्यमा रहेका नेपाली रेष्टुरेण्ट, व्यवसाय र सेवामा परिचयपत्रमार्फत डिस्काउन्टका लागि डिल गर्ने तथा विभिन्न एयरलाइन्स र नेपालमा रहेका होटल, रिसोर्ट, पार्क लगायतका क्षेत्रमा पनि डिस्काउन्टका लागि डिल गर्ने एनआरएन नेताहरुले बताउँदै आएका थिए । तर अहिलेसम्म यो विषय कार्यान्वयन हुन सकेको छैन ।

यदि एनआरएन सदस्यता परिचयपत्रमार्फत डिस्काउन्टको व्यवस्था भएमा तत्कालिन फाइदाका लागि पनि सदस्य बन्नेहरुको संख्या बढ्ने तथा त्यस्तो अफरले एनआरएनप्रतिको आकर्षण पनि बढ्ने एनआरएन नेताहरुको विश्वास रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com