अगस्तमा एनआरएन अमेरिकाको चुनाव असम्भव


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

एनआरएन अमेरिकाको आगामी अगस्त ११ र १२ मा हुने भनिएको निर्वाचन कम्तीमा १५ दिन पछाडि सर्ने भएको छ । अगस्त ११ र १२ मा चुनाव नगराउन टेनिसीमा रहेको अदालतबाट निरोधक आदेश जारी भएपछि एनआरएन अमेरिकाको निर्वाचन आयोगले अनिश्चितकालका लागि चुनाव स्थगित गरेको छ ।

एनआरएन अमेरिकाको निर्वाचन आयोगकी प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालले खसोखाससँग कुरा गर्दै आफूहरुले इमेलमार्फत निरोधक आदेश प्राप्त गरेको र निरोधक आदेश जारी भएको सन्दर्भमा कम्तीमा १५ दिनसम्म चुनाव सर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो – ‘हामी यसबारेमा छलफल गरिरहेका छौं । समस्याको समाधान गरेर छिट्टै चुनावको नयाँ मिति तोक्नेछौं ।’

गौरी जोशीको उम्मेदवारी कायम हुनुपर्ने ठहर सहितको एनआरएन आईसीसीको सचिवालयको बैठकको निर्णय आफूहरुले आधिकारिक माध्यमबाट अहिलेसम्म प्राप्त नगरेको भन्दै दाहालले भन्नुभयो – ‘कतिपय पत्रहरु हामीलाई आधिकारिक माध्यमबाट प्राप्त भएका छैनन् । हामीले अनाधिकृत व्यक्तिले पठाएका वा फरवार्ड गरेका पत्रलाई आधिकारिक मान्न सकिने अवस्था रहन्न ।’

 

एनआरएन अमेरिकाको चुनाव स्थगित गरेको निर्वाचन आयोगको घोषणा

अगस्त ११ र १२ मा नहुने भयो एनआरएन अमेरिकाको चुनाव

एनआरएन अमेरिकाको निर्वाचन स्थगित गर्न अदालतको आदेश

जोशीको उम्मेदवारी कायम राखी निर्वाचन गर्नुपर्ने आईसीसी सचिवालयको ठहर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com