एनआरएनको ग्लोबल सम्मेलनमा भाग लिनका लागि छानिएका डेलिगेट्सहरु समितिमा सल्लाह नै नगरी छानिएको डेलिगेट्स छनौट समितिका सदस्य प्रिती खत्रीले जनाएका छन् ।

खत्रीले भनेका छन् – ‘महासचिव ज्यूले सबै प्रक्रिया पूरा गरी ल्याएको भन्दै एकतर्फी अर्थात कूनै सल्लाह नभै बहुमतका आधारमा प्रतिनिधिको नाम पास गरेको हो । मैंले गलत तरीका भयो भनेर बैठकमा भनेको हो । यो लिष्टले समाजमा मूख देखाउनै सक्दैनौ भनेको हो ।’

खत्रीले बैठक अगाडि पनि कुनै सल्लाह नभएको र बहुमतको आधारमा भन्दै एकतर्फी रुपमा प्रतिनिधिका नामहरु छनौट गरएको स्पष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here