-शैलेश श्रेष्ठ

साथीहरु, बोल्नुस..मुख खोल्नुस, सँधै अरुको मुख नताक्नुस!

डेलिगेट्स चयनमा भएको खुल्लेआम संस्थागत गुन्डागर्दीका थप पोल र रहस्यहरु एक पछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन । आफु नपरेपछिको पीडाको बर्बराहट मात्र होइन जबर्जस्त पारिएकाहरुको बारेमा पनि यथार्थ सत्य सविस्तार बाहिर आउने क्रम निरन्तर छ ।

आईसीसीको गाईडलाईन (दिशानिर्देश) असाध्य स्पष्ट भएकोले जालझेलमा माहिर खुराफाती एनआरएन अमेरिका संस्थापनले यो स्तरको निर्लज्ज गतिछाडा कर्तुत गर्छ भन्ने कुरामा मलाई बिश्वासनै थिएन तर जब अस्तिदेखि प्राथमिकताका आधार र छानिएका डेलिगेट्सहरुको नाम हेरे अनि एउटा निक्यौलमा पुगें: नाङ्गो कृतघ्न नाच भएछ अनि खुल्लमखुल्ला संस्थागत गुन्डागर्दी भएको रहेछ । 


एनआरएन अमेरिकाको सवाल र सरोकारहरुमा मैले प्रारम्भदेखि नै एक जना संचारकर्मीको सिमा भन्दा अनि पर गएर लेख्ने र बोल्ने गरेको छु । यो विषम परिस्थितिमा पनि मैले त्यस्तै गरेको छु । अस्तिदेखि मैले एक चरण डाडु-पुन्यु हातमा लिएकाहरुसंग एक चरण कुरा गरें । यस्ता कामहरुको उचित अनुगमन र निगरानी अनि समन्वय गर्नु पर्ने अहम दायित्व भएका क्षेत्रीय उप-संयोजक एसी शेर्पासंग हिजो राती र क्षेत्रीय संयोजक सोनाम लामासंग अहिले भर्खर लामो कुराकानी गरें ।

दुबैले अनियमितता भएको सुनेको कुरा बताए र केहि हदसम्म स्वीकारे पनि । समय छँदै सच्चिन र सच्याउन मैले गरेको अनुरोधलाई उनीहरुले केन्द्र (आईसीसी) को सम्बन्धित निकायमा पुर्याउने बचन दिएका छन । छनौटमा नपर्नु भएका र आफु गाईडलाईन अनुसार पर्नु पर्ने जिकिर गरिरहनु भएका एनआरएन मित्रहरु आफ्ना मुद्दाहरुलाई थप प्रमाणिक र बलियो बनाउनुस । त्यसको सुनुवाई पक्कै हुन्छ । हामी अमेरिकामा छौं जहाँ हरेक कुकर्म कानुनत: दण्डनीय हुन्छ तर हामीसंग निरन्तर लड्ने साहास चाहिन्छ । यो चरम दण्डहिनताहरुको हामी समूल अन्त्य गरि छाड्नेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here