अबको केहीसाताभित्र एनआरएन अमेरिकाको चुनाव हुने सम्भावना छ । मतदाताहरुको नामावली पनि प्रकाशित भइसकेको छ । तर मतदाताहरु भने कस्लाई भोट हाल्ने अन्यौलमा छन् । यसै सन्दर्भमा हामीले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने चर्चा कमाएका केही व्यक्तिसँग तपाईको परिचय गराउदैछौं । उम्मेदवारका आकांक्षीहरुको नाम अँग्रेजी अल्फावेटिकल अर्डरमा छ ।

डिल्ली भट्टराई

भट्टराई एनआरएन अमेरिकाको २०१५ देखि २०१७ सम्मको कार्यसमितिका उपाध्यक्ष हुन् । आगामी कार्यकालका लागि अध्यक्ष पदका दावेदार भट्टराई सामाजिक क्षेत्रमा चर्चित नाम हो । अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्निया निवासी भट्टराई एनआरएनलाई धनाढ्यको क्लब नभई ग्रासरुट मुभमेन्टका रुपमा अगाडि बढाउने योजनाका साथ सकृय छन् । भट्टराई र उनका आगामी एजेण्डाबारे थप जान्न यहाँ क्लिक गर्नुहोला ।

गौरी जोशी

चर्चित सफल युवा व्यवसायी जोशी एनआरएन अमेरिकाको सन् २०१५ देखि सन् २०१७ सम्मको कार्यसमितिका सल्लाहकार हुन् । त्यसअगाडि उनी सन् २००७ देखि सन् २००९ सम्म एनआरएन अमेरिकाको कम्युनिकेशन डाइरेक्टर थिए । विभिन्न सामाजिक संस्थामा काम गरिसकेका जोशी एनआरएन अमेरिकाको चुनावी चहलपहलमा अग्रपंक्तिमा रहेका छन् । जोशी र उनका आगामी एजेण्डाबारे थप जान्न यहाँ क्लिक गर्नुहोला ।

केशव पौडेल

पौडेल एनआरएन अमेरिकाको सन् २०१५ देखि २०१७ सम्मको कार्यसमितिका अध्यक्ष हुन् । न्युमेक्सिको निवासी पौडेलले नेपालमा गएको महाभूकम्पमा विभिन्न जिल्लामा पुगेर भूकम्पपीडितको उपचार गरेका थिए । त्यसपछि अध्यक्षमा निर्वाचित भएका पौडेल आगामी चुनावमा अध्यक्षका दावेदार हुन्। पौडेल र उनका आगामी एजेण्डाबारे थप जान्न यहाँ क्लिक गर्नुहोला ।

कृष्ण पोखरेल

न्युयोर्क निवासी पोखरेर एनआरएन अमेरिकाको २०१५ देखि २०१७ सम्मको कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन् । त्यस अगाडिको कार्यकालमा उनी एनआरएन अमेरिकाको महासचिव थिए । अहिलेसम्म कुनै पनि चुनावमा पराजित नभएका उनी अमेरिकामा चर्चित वयक्तित्व हुन् । पोखरेल एनआरएनको आगामी चुनावमा अध्यक्ष पदका लागि स्वभाविक दाबेदार हुन् । पोखरेल र उनका आगामी एजेण्डाबारे थप जान्न यहाँ क्लिक गर्नुहोला ।

रविना थापा

डिसी महानगर क्षेत्रमा लामोसमयदेखि विभिन्न सामाजिक संस्था र कार्यमा संलग्न थापा एनआरएन अमेरिकाको अध्यक्ष पदमा एकमात्र महिला दावेदार हुन् । बाल्टिमोरको चर्चित संस्था बानाकी अध्यक्ष भइसकेकी थापा एनआरएन अमेरिकाको २०१५ देखि २०१७ सम्मको कार्यसमितिकी उपाध्यक्ष हुन् । अमेरिकामा रहेका नेपालीमाझ लोकप्रिय रविना एनआरएन अमेरिकाको पहिलो महिला अध्यक्ष बन्ने दौडमा छिन् । थापा र उनका आगामी एजेण्डाबारे थप जान्न यहाँ क्लिक गर्नुहोला ।

राम सी पोखरेल

पोखरेल एनआरएन अमेरिकाको सन् २०१५ देखि सन् २०१७ सम्मको कार्यसमितिका उपाध्यक्ष हुन् । सामाजिक क्षेत्रमा र एनआरएनमा राम्रो अनुभव हासिल गरेका पोखरेल अमेरिकामा रहेका नेपालीहरुमाझ लोकप्रिय छन् । दुई दशकदेखि अमेरिकामा रहेका विभिन्न सामाजिक संस्था र गतिविधिमा संलग्न पोखरेल टेक्सासको ड्यालसमा बस्दै आएका छन् । पोखरेल र उनका आगामी एजेण्डाबारे थप जान्न यहाँ क्लिक गर्नुहोला ।

यो समाचार विकसित हुँदै गरेको समाचार हो । अपडेटको क्रममा छ । कसैको नाम छुटेमा सम्पर्क गर्न सक्नुहुनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here