खसोखासले एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवारहरुको आकांक्षीहरुको लोकप्रियता जाँच्न अनलाइनमार्फत गरेको ओपिनियन पोलको अहिलेसम्मको परिणाम सार्वजनिक भएको छ ।

बुधबार राती १२ बजेदेखि सुरु गरिएको ओपिनियन पोल अन्तरगत सोमबार विहान ११ बजेसम्म बजेसम्मको परिणाममा गौरी जोशी सबैभन्दा अगाडि देखिएका छन् । कुल मतको ५३ दशमलव ७ प्रतिशत जोशीले प्राप्त गरेका छन् भने दोश्रोमा रहेका केशव पौडेलले २४ दशमलव २ प्रतिशत मत प्राप्त गरेका छन् ।

 रिजल्टको स्क्रीनसट ।

कुनै कुनै प्रयोगकर्ताले सबै उम्मेदवारकालागि टिकमार्क लगाएका छन् भने कसैले एकभन्दा धेरै रोजेका छन् । एकभन्दा धेरैमा टिक लगाइएका मतहरु गणना गरिएको छैन । खसोखासको ओपिनियन पोल उम्मेदवारको लोकप्रियता जाँच्न गरिएको खुल्ला पोल हो, एनआरएन अमेरिकाको चुनावी नतिजाको भविश्यवाणी होइन । ओपिनियन पोल अनुशार चुनावी नतिजा आउने कुराको कुनै ग्यारेन्टी हुँदैन ।

तपाई पनि यो ओपिनियन पोलमा भाग लिन चाहनुहुन्छ भने तल आफूलाई मन परेको उम्मेदवारमा टिकमार्क लगाउनुहोला । यो पोल केहीदिनसम्म जारी रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here