– शैलेश श्रेष्ठ

एनआरएन अमेरिकाका पुर्ब मिडिया संयोजक तथा आजीवन सदस्य कृष्ण के.सी. संजेललाई साधारण सदस्यताबाटै निस्कासन (उनीहरुकै शब्दमा सदस्यता खारेजी) गर्ने अभिष्ट सहितको महासचिबद्वारा हस्ताक्षर गरिएकोको एउटा पत्र हिजो सामाजिक संजालमा सार्वजनिक भएको छ । उनीहरुको आपत्ति र लगाएको अभियोग उनै के.सी.द्वारा संचालित हलिउडखबर डटकममा वर्तमान अध्यक्ष डा. केशब पौडेलको नामै किटेर घटिया तल्लो स्तरका शब्दहरु प्रयोग गर्दै समाचार सम्प्रेषण गर्यो भन्ने छ । उनलाई यसरी एकपछि अर्को गर्दै समाचारहरु सम्प्रेषण गरेर एनआरएन अमेरिकाको मुल्य, मान्यता र हित बिपरित अभियाननै चलाएको आरोप लगाईएको छ ।

यहि प्रकाशित सामग्री प्रति आपत्ति हो भने उक्त अनलाईनको जिम्मेवार सम्पादकलाई सम्बोधन नगरेर एक जना आजीवन सदस्यलाई किन सम्बोधन गरियो? अनि एक जना सँधै सन्देहको घेरा र केन्द्रमा रहेका पात्र (जसका नाममा अनगिन्ति आरोप र सन्देहहरु छन) डा. पौडेलका बारेमा लेखिएको कपोलकल्पित बहानामा एक जना आजीवन सदस्य र उनीहरुले नै भनेका आलेखका लेखक अथवा संचारलाई यस्तो अधिनायकबादी अभिष्ट र कुनियतका साथ कारवाहीको फासीबादी तानाशाही धम्की दिन मिल्छ?

के महासचिब बाबुराम लामासंग यो निर्णयलाई कार्यकारी सदस्यहरुको बहुमतले गरिएको निर्णयको माईन्युट छ कि अदृश्यरुमा अन्त कहीं कतैबाट चल्छ यो हाम्रो संगठन?

म अहिले नेपालमा ज्ञानेन्द्र शाहको तानाशाही कालमा पुलिस र सैनिकको घेरामा उनीहरुले नै सेन्सर गरेको समाचार छाप्न बिबस मेरा सहकर्मी पत्रकार मित्रहरुले त्यस बेला मलाई सुनाएको कथा अनि यथार्थहरुलाई स्मरण गरिरहेको छु । संसारमै उदात्त अनि उन्मुक्त ब्यबहारिक लोकतन्त्र भएको मुलुक अमेरिकामा बसेर यहींको मौजुदा कानुन अन्तर्गत दर्ता भएको सबैको साँझा सामाजिक संगठनमा बसेर दिन दहाडै यस्तो अधिनायकबादी, सामन्ती र फासीबादी सपनाहरुको कल्पनासम्म पनि नगर्न एक जना संचारकर्मी र साधारण सदस्यका नाताले एनआरएन अमेरिकाका वर्तमान परिचालित मण्डलीलाई सचेत गराउन चाहन्छु । संचारकर्म र छापाको आफ्नो आचारसंहिता छ र हुन्छ त्यसको जवाफदेही लेखक अथवा संचारगृह पक्कै हुन्छ र हुनेछ तर यो एक्काईसौ शताब्दीको स्वाधीन युगमा यस्ता कुनै पनि खाले जंगली अधिनायकबाद र संचारमाथी अंकुशको अभिष्टहरूलाई हामी पराजित गरिछाड्ने छौं । जय संचारकर्म!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here