स्थगित गरिएको एनआरएन अमेरिकाको चुनाव अगस्तको अन्त्यमा हुने एनआरएन अमेरिकाको निर्वाचन आयोगले जनाएको छ । अमेरिकाको टेनिसीमा रहेको अदालतले अगस्त ११ र १२ मा चुनाव नगर्न निरोधक र निषेधात्मक आदेश जारी गरेपछि एनआरएन अमेरिकाको निर्वाचन आयोगले चुनाव अनिश्चिकालका लागि स्थगित गरिदिएको थियो ।

चुनाव स्थगित भएसँगै एनआरएन अमेरिकाको चुनावी माहौल पनि लगभग सेलाएको थियो । यसैबीच आयोगले एक सुचना जारी गरि चुनाव अगस्तको अन्त्यमा गर्ने जनाएको छ । सुरुमा उम्मेदवारी पठाएका तर रित नपुगेकाहरुका हकमा प्राविधिक त्रुटी सच्याउने अवशरसमेत प्रदान गरिने आयोगले जनाएको छ । तर मुख्य विषयका रुपमा रहेको गौरी जोशीको नाम समावेश गर्ने वा नगर्ने भन्ने विषयमा आयोग केही बोलेको छैन र

अध्यक्षमा आफ्नो उम्मेदवारी कायम हुनुपर्ने भन्दै गौरी जोशीले चुनावी प्रकृया रोक्ने निरोधक आदेशको माग गर्दै अदालतमा आवेदन दिएपछि चुनाव रोकिएको हो ।
एनआरएन अमेरिकाको सन् २०१५ देखि २०१७ सम्मको एनसीसी बोर्ड, एनआरएन अमेरिकाको निर्वाचन आयोग र निर्वाचन आयोगका सदस्यहरु बन्दिता शर्मा, विश्व बराल, भुवन गुरुङ र अन्जन श्रेष्ठलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको थियो । यसैबीच एनआरएन एनसीसीले अदालतलाई जवाफ पठाइसकेको जनाएको छ ।

एनआरएन अमेरिकाको अध्यक्ष पदका दावेदार गौरी जोशी र महासचिव दावेदार पूर्णचन्द्र बानियाका तर्फबाट टेनिसीको नोक्सभिलमा रहेको नोक्स काउन्टी अदालतमा मुद्दा दायर गरेका थिए ।

मुद्दा दर्ता भएको भोलिपल्टै अमेरिकाको टेनिसी नोक्सभिलमा रहेको नोक्स काउन्टी अदालतले एनआरएन अमेरिकाको चुनावी प्रकृया स्थगित गर्न आदेश दिएको थियोे । अदालतमा दर्ता गरिएको आवेदन वजनपूर्ण रहेको भन्दै अदालतले एनआरएन अमेरिकाको चुनावी प्रकृया स्थगित गर्न आदेश दिएको हो ।

अदालतले थप आदेश पेन्डिङ अवस्थामा रहेको भन्दै आवेदनका पक्षमा फैसला गर्दै आगामी अगस्त ११ र १२ मा हुने भनिएको चुनाव नगर्न प्रतिबादीका नाममा निरोधक आदेश जारी गरेको थियो । अदालतले आदेश अनुशार नबाझिनेगरी चुनावको नयाँ मिति तोक्न सकिने समेत जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here