काठमाडौंमा हुने एनआरएन ग्लोबल सम्मेलनमा अमेरिकाबाट सहभागी हुने प्रतिनिधिहरुको छनौटका सन्दर्भमा छनौट समितिका कर्तुतहरु एकपछि अर्को सार्वजनिक हुदै गइरहेका छन् । प्रतिनिधि छनौट समितिले सदस्यको सुचीमा नै नरहेका व्यक्तिलाई प्रतिनिधि छनौट गरेको सदस्यता प्रमाणिकरण समितिका सदस्यले खुलासा गरिदिएका छन् । एनआरएन अमेरिकाका महासचिव बीआर लामाका नाममा सार्वजनिक पत्र लेख्दै एनआरएन अमेरिकाका आजिवन सदस्य समेत रहेका प्रदीप श्रेष्ठले यस्तो खुलासा गरेका हुन् । बाबुराम लामा, राधा पौडेल, प्रिती खत्री, विष्णु शाह, स्वराज खाती, गौरी जोशी, प्रमोद सिटौला र पासाङ लामाको ८ सदस्यीय समितिले प्रतिनिधीहरु छनौट गरेको हो ।

 

प्रदीप श्रेष्ठले लेखेको खुलापत्र जस्ताको तस्तै

आदरणीय महासचिव ज्यु,
एनआरएन एनसीसी, युएसए
भर्खरै सम्पन्न २०१७(२०१९ को लागि भएको निर्वाचनमा महासचिव मा विजयी हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यहि निर्वाचनको दौरानमा न्युयोर्क राज्य कमिटी अन्तर्गत बनेका सदस्यहरुको सदस्यता प्रमाणीकरण गर्नको लागि निवर्तमान कमिटीले मेरो संयोजकत्वमा कमिटी गठन गरि सम्भव भए सम्मका सदस्यता प्रमाणीकरण गरि बुझाएको थिए र सदस्यता रकÞम तिरेको प्रमाण साथै इमेल र ठेगाना समेत प्रमाणीकरण गरेर पठाएको सदस्यहरुको नाम समेत हटाएको अवस्थामा भर्खरै आइसीसीमा पठाउन छानिएका प्रतिनिधिको नामावली भएको प्राप्त इमेलमा न्युयोर्क राज्य कमिटी अन्तर्गत सदस्य नै नभएको नाम ,
तपाईको पत्रको क्रम संख्या
नं ८७ मिंगमार तामाङ र
१०७ श्याम तामाङ को
नाम न्युयोर्क राज्य अन्तर्गत देखे पश्चात तपाईहरुको कर्तुत सार्वजनिक जानकारीको लागि राखेको छु । निवर्तमान कमिटी ले मलाई प्रमाणीकरण गर्न दिएको सदस्यहरुको सम्पुर्ण नाम सहितको फÞाइल म संग सुरक्षित रहेको जानकारी पनि गराउदछु । आइसिसीले जारी गरेको प्रतिनिधि छनौट को नियमावली उल्लंघन गरि सदस्य नै नभएको व्यक्ति कसरी प्रतिनिधि छनौट गर्नु भयों ? एनआरएन एनसीसी युएसएको आजीवन सदस्य भएको नाताले यसको जानकारी गराईदिनु हुन अनुरोध गर्दछु ।

प्रदिप श्रेष्ठ
आजीवन सदस्य
एनआरएन , युएसए

नोट : न्युयोर्क राज्य अन्तर्गत Mingmar Tamang र Mingmer Tamang दुइ सदस्य भएको तर उनीहरु दुवै आइसीसी डेलिगेट्स नभएको पनि जानकारी गराउदछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here