एआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार आकांक्षी कृष्ण पोखरेललाई आफूलाई मतदाताहरुले जिताउनुपर्ने १७ वटा कारणहरु बुँदागत रुपमा प्रस्तुत गरेका छन् । उनले आफू अध्यक्ष पदमा निर्वाचित भएमा गर्ने कामको सुुची मतदातासमक्ष प्रस्तुत गरेका हुन् । एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष पोखरेलका १७ बुंदा खसोखासका पाठकका लागि जस्ताको तस्तै ।

एनआरएनए अमेरिका यतिबेला चुनावी माहोलमा होमीएको छ । आगामी २ बर्ष अमेरिकाको सिगों नेपाली समाजलाई नविन सोच, योजना र कार्यकुशलताका साथ हाक्न ज्यादै महत्वपुर्ण हुने नयाँ नेतृत्व चयनमा मैले अमेरिकी नेपाली समाजलाइ विश्वमा नै एक उत्कृष्ट एनसीसीका रुपमा स्थापीत गर्न सक्नेछु भन्ने आत्माविश्वासका साथ अध्यक्षको पदमा उम्मेदवारी दिएको छु ।

एनआरएनएमा मेरो गहिरो अनुभव, नबिन योजना र कार्यन्वयनको प्रस्ट मार्ग्चित्र नै मेरो विजयका आधारहरु हुन् । विगतमा यो संस्थामा रहेर मैले अमेरिकामा रहेका नेपाली दाजुभाइ दिदि बहिनीहरुको अवस्था, अवसर र चुनौतिहरुलाइ नजीकबाट अनुभुत गर्ने मौका पाएको छु । आज हाम्रो समुदायको क्षमतालाइ अझ सवल बनाउने र हाम्रा अफ्ठ्यारहरुलाई फुकाउन सक्षम एनआरएन हामीलाइ चाहिएको छ ।

म हामीमा निहित सिप र आर्थिक सवलताको पुर्ण उपयोग गरी अमेरिकी नेपाली समुदायलाई आर्थिक सम्पन्नता तर्फ डोर्याउन हातेमाले गर्न चाहन्छु । अमेरिकी समाजमा नेपाली पहिचानको अभिबृदिको लागी मेरा निश्चीत कार्यक्रमहरु छन् जसले हाम्रो पहिचान फराकीलो पार्ने मात्र होइन अल्पसंख्यक समुदायले पाउने विभिन्न अवसरहरुबाट हामी लाभान्बित हुन्छौँ ।

एकपटकको नेपाली सधैको नेपाली र जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी भन्ने मुलमन्त्रलाइ आत्मसातगर्दै गैर आवासीय नेपालीको अधिकारका लागी लडिरहने छु । मेरो प्रतिबद्धता र एजेन्डाको सार संक्षेप यसरि प्रस्तुत गर्न चाहन्छु ।

१. अमेरिकामा रहेका नेपालीको सेवासुविधाको लागी १—८०० एनआरएन हेल्प टेलिफोन सुविधा ९० दिन भित्र लागु गर्नेछु ।

२. स्थानीय संघसंस्थाहरुसंग समन्वय र सहकार्यका लागी राज्य च्याप्टरहरुलाइ व्यापक सक्रिय बनाउन विशेष योजना ल्याइने छ । राज्य स्तरका कार्यक्रमको सम्पुर्ण जिम्मा राज्य च्याप्टरलाइ दिइने छ ।

३. नेतृत्व विकास र तल्लो तहसम्म एनआरएएको विस्तारको लागी स्थानिय च्याप्टरसंगको सहकार्यमा नेतृत्व विकास तथा सदस्यता अभियान संचालन गर्न “मेरो एनआरएन” अभियान संचालन गरिने छ ।

४. “आपतकालको लागी एक डलर ” अभियान अन्तर्गत प्रत्येक एनआरएन सदस्यहरुबाट मासिक १ डलर संकलन गरिने छ । सो रकम नेपाली परिवारलाइ पर्नसक्ने आपत्कालिन अवस्थामा उपयोग गरिने छ ।

५. प्रवासमा पहिचान अभियान संचालन गरिने छ जस अन्तर्गत, नेपाली पहिचानलाइ समृद्ध पार्नको लागी अमेरिकाको प्रत्येक शहरहरुमा “नेपाल डे” घोषणाको लागी सरकारि निकायमा पहल गर्नछु र ति शहरहरुमा त्याहाँका राज्य च्याप्टरहरुको समन्वयमा नेपाल डे परेड आयोजना गरिने छ ।

६. एनआरएन परिचय पत्र (आइ डि कार्ड ) ९० दिन भित्र वितरण गरि सक्नेछु । सो कार्ड मार्फत विशेष सहुलीयत कार्यलाइ राज्य च्याप्टरहरु मार्फत कार्यन्वयनमा ल्याउने छु ।

७. युवा तथा विद्यार्थिहरुको एनआरएनएमा सहभागिता बृद्धिका लागी सांस्कृतिक, साहित्यिक तथा खेलकुद र अन्य मनोरंजनात्मक तथा बौद्धिक प्रतियोगीताहरु संचालन गर्ने । सो कार्यको लागी कला, साहित्य, संगीत र खेलकुद क्षेत्रका विज्ञ सम्मीलित कार्यदल गठन गरिने छ । यो कामको प्रभाबकारिताको लागि युथ कोअर्डिनेटरको संयोजकत्वमा “युवाको एनआरएन” अभियान संचालन गरिने छ ।

९. सामुहिक लगानीको लागी “मेरो समृद्धि” अभियान संचालन गरिने छ जस अन्तर्गत प्रत्येक बर्ष कम्तिमा एक परियोजना संचालनमा ल्याउने जसको लागी योजना निर्माण र कार्यन्वयनका लागी व्यवसायी एवं विज्ञहरु सम्मिलीत एक उच्चस्तरिय समीति निर्माण गरिने छ ।

१०. नेपाली समुदायको घना बस्ति रहेको क्यालिफोर्नीया, टेक्सास र शिकागो क्षेत्रहरुमा नेपाली कन्सुलेट कार्यलय स्थापना गर्नको लागी बिशेष पहल गर्नेछु ।

११. अमेरिकामा रहेका नेपाली व्यवसायीको क्षमता अभिबृदि गरि अमेरिकाका व्यवसायी तथा लगानी फोरमसंग सहकार्यका लागी समन्वय गर्न एक उच्चस्तरिय समिति गठन गरिने छ ।

१२. एकपटकको नेपाली सधैको नेपाली भन्ने मुलमन्त्रलाइ आत्मसात गर्दै नेपालको संविधानमा उल्लेख भएको अधिकारको प्राप्तीको लागी लडिरहने छु ।

१३. अमेरिकामा प्राप्त गरेको ज्ञान, सीप र प्रविधिलाइ नेपालमा उपयोग गर्नका लागी नेपाल सरकारसंग आवश्यक समन्वय गर्नेछु । जसको लागी विभिन्न पेशामा दक्ष जनशक्तिहरुको कार्यदलहरु निर्माण गरिने छ ।

१४. दोहोरो कर प्रणलीको अन्त्यका लागी नेपाल र अमेरिकी सरकारका विच सम्झौता गराउनका लागी अवश्यक पहल गर्नेछु ।

१५. अमेरिकामा रहेका नेपालीको समस्या सुनुवाइ र समाधानको लागी महिनाको दोस्रो र अन्तिम शनिवार टेलिफोन क्लिनिकहरु संचालन गर्नेछु । यस अन्तर्गत डाक्टर, वकिल,विद्यार्थी, सुचना प्रविधी, इन्जीनियरिङ र नेपाल सम्बन्धी सरोकार राख्ने हरेक विषयमा सो क्लिनीकमा बहस तथा परामर्श गर्ने व्यवस्था मिलाउने छ ।

१६. नेपाली बहुल राज्यमा कम्तिमा एक सामुदायीक भवन निर्माण गरिने छ ।

१७. सुचना प्रविधिको उच्चतम उपयोग गर्दै एनआरएनएलाइ प्रविधि मैत्री बनाउने योजना अनुरुप एक महिना भित्र एनआरएनएको बेभसाइटलाइ मोबाइल मैत्री बनाइने र सम्पुर्ण सामग्रीहरु अपडेट गरिने छ ।

पोखरेल एनआरएन अमेरिकामा अध्यक्ष पदका उम्मेदवार आकांक्षी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here