नयाँ के छ

२२ केजी सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक पक्राउ

वैशाख ११, काठमाडौं – गत भदौमा रसुवा नाका हुँदै नेपाल भित्रिएको २२ केजी सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले मंगलवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक जे झोङलाई पक्राउ परेका हुन् । प्रहरीले गत भदौमा रसुवा नाका हुँदै नेपाल भित्रिएको १५ केजी अवैध सुनसहित ७ …

प्रहरीले गोली चलायो, अभियुक्त पक्राउ

वैशाख ११, काठमाडौं । प्रहरीले धरान–१५ स्थित श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा गोली चलाएको छ । प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न मंगलबार दिउँसो एक राउण्ड गोली चलाएको हो। प्रहरीले चोली चलाएर कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त स्थानीय १८ वर्षीय कुम्वे राईलाई पक्राउ गरेको छ । राईलाई लखेट्दै गएको प्रहरी टोलीलाई ढुंगा प्रहार गरेपछि …

वडा अध्यक्षले एक स्थानीय युवकलाई गरे, कुटपिट

वैशाख ११, कालिकोट । अछाम ढकारी गाउँपालिका– ४ का वडा अध्यक्षले एक स्थानीय युवकलाई कुटपिट गरेका छन्। वडा अध्यक्ष पदम बुढाले सोही वडाका स्थानीय वीरबहादुर थापालाई कुटपिट गरेका हुन्। स्थानीय नरबहादुर बुढाका अनुसार वडा अध्यक्षलेले वैशाख ९ गते साँझ विद्यालयमा मजदुरी काम गरेर घर फर्किंदै गर्दा बुढामाथि कुटपिट भएको हो। वडा अध्यक्ष बुढा र उनका …

चीनको रेस्टुरेन्टमा आगो लाग्दा १८ जनाको मृत्यु

वैशाख ११, चीन । चीनको दक्षिणी शहर यिङ्देमा रहेको एक रेस्टुरेन्टमा आगजनी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार मध्यराति लागेको आगो करिब १ बजे बिहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ। यसैबीच रेस्टुरेन्टमा आगजनी गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। ३२ वर्षीय लिउ …

सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

वैशाख ११, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका(१५ डुमरवानामा टाटा सुमोको टक्करबाट एक जनाको मृत्यु भएको छ। डुमरवानाबाट सिमरातर्फ आउदै गरेको ना१ज ७४९७ नम्बरको सुमोले बिपरीत दिशातर्फ जादै गरेको ना१८प ८१०५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा स्थानीय नन्दु चौधरीको मृत्यु प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका लागी बिरगञ्जस्थित हेल्थ केयर लागिए पनि उपचार हुन …

बुद्ध एयरले थप्दै, नयाँ विमान

वैशाख ११, बुद्ध एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज भित्र्याउन लागेको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको छ । नयाँ जहाजको कलसाइन 9N-AMU हुनेछ । एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनी प्रदूषणको हिसाबले एटीआर जहाज …

राजा महेन्द्रभन्दा ओली निरंकूश !

मधुसुधन भट्टराई | कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्र दिवसका दिन सरकारले दिँदै अाएकाे सार्वजनिक बिदा कटाएर वर्तमान सरकार लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा ‘गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ती प्रतिष्ठान’ ले काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्री केपी ओली राजा महेन्द्रभन्दा निरंकूश बन्दै …

हात्तीको आक्रमणले सप्तरीमा एक महिलाको मृत्यु

वैशाख ११, सुनसरी, कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीको आक्रमणमा परी मंगलबार सप्तरीमा एक महिलाको मृत्यु भएको छ। कन्चनरुप ११ भुवनपट्टीकी ४० वर्षीया दुर्गीदेवी यादवको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो। बिहान करिब २ बजे गाउँ पसेको हात्तीले दुुर्गीदेवीको घरमा आक्रमण गरेको थियो। हात्तीले घरबाट घिस्याउँदै खेतमा पुर्‍याएर कुल्चिएपछि दुर्गीदेवीको घटनास्थलमै मृत्यु भएको स्थानीय श्यामकुमार …

नवनिर्वाचित प्रधानमन्त्रीद्वारा आफूविरूद्ध प्रदर्शनपछि राजिनामा

हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएकोे छ । “वर्तमान अवस्थामा समस्या समाधानका कैयाँै उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,” सार्गस्यानले भन्नुभयो । “मैले राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको पदबाट विदा लिदैछु ।” प्रतिपक्षी समूहको पहलमा भएको आन्दोलनमा देखिएको आफू विरूद्धको जनप्रदर्शनको …

टोरण्टो सहरमा गाडीले पैदल यात्रुलाई ठक्कर दिँदा १० जनाको मृत्यु, १५ जना घाइते

वैशाख ११, काठमाडौं । क्यानाडाको टोरण्टो सहरमा एक व्यक्तिले जथाभावी गाडी चलाई पैदल यात्रुहरुलाई ठक्कर दिँदा १० जनाको मृत्यु भएको र अरु १५ जना घाइते भएको बीबीसीले जनाएको छ । प्रहरीले संदिग्ध व्यक्तिलाई पहिचान गरेको छ । उनी २५ वर्षीय एलेक मिनासियाँ रहेको बताइएको छ । उनलाई घटनास्थलको केही टाढा गिरफ्तार गरिएको थियो । नजिकै …