खसोखास भिडियो

विद्यार्थी भिसामा अमेरिका आउनेलाई अब सानो गल्तीका कारणपनि देशनिकाला र १० बर्षे प्रतिबन्ध

अमेरिकामा विद्यार्थी भिसामा आउनेहरुको सन्दर्भमा गैरकानुनी उपस्थीतिबारे परिवतर्न हुँदै गरेको नयाँ नियम के हो ? विद्यार्थी भिसामा अमेरिका आएका वा आउन चाहेका सबैले अवश्य हेरौं ।

अमेरिकामा विद्यार्थी भिसामा आएर नगदमा काम गर्नेलाई देशनिकाला र १० बर्षसम्मको प्रतिबन्ध लगाइने

अमेरिकामा विद्यार्थी भिसामा आएर समर लगायतका विदामा वा पढ्दा पढ्दै नगदमा काम गरेको पत्ता लागेमा पहिले चेतावनीपछिमात्र पनि छाडिन्थ्यो । अब देशनिकाला गरेर ३ देखि १० बर्षसम्मको प्रतिबन्ध लगाइने भएको छ ।

जागिरको अफर ल्याउन नसक्ने नेपाली डिभी विजेताको भिसा रिजेक्ट (भिडियो)

डिभी लोटरी परेका नेपालीहरुले अन्तरवार्ताका क्रममा अमेरिकाबाट रोजगारको अफर पेश गर्न नसक्दा भिसा रिजेक्ट हुने गरेको छ । अमेरिकामा गएर सरकारी सुविधा लिने सम्भावना रहेको भन्दै भिसा अस्वीकृत गर्न थालिएको हो । डिभी लोटरीका सबै योग्यता पूरा गरेपनि रोजगारको अफर वा कुनै व्यक्तिको सहयोगको करारनामा नभएसम्म भिसा दिन अस्वीकार गरेको पीडितहरुले बताएका छन् । अमेरिकामा …

जर्सी सिटीले पारित गर्यो नेपालीका लागि टीपीएस प्रस्ताव (भिडियो )

न्युजर्सीको जर्सी सिटीले नेपालीका लागि टीपीएस प्रस्ताव पारित गरेको छ । जर्सी सिटी काउन्सिलको आजको बैठकले नेपालीका लागि टीपीएस प्रस्ताव पारित गरेको हो । जसमा अमेरिकामा रहेका नेपालीका लागि प्रदान गरिएको टीपीएसको अवधि थप्न अमेरिकी सरकारका डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई औपचारिक रुपमा आग्रह गर्ने उल्लेख छ । बैठकमा काउन्सिल प्रेसिडेन्ड रोलाण्डो लाभारो लगायत काउन्सिल सदस्यहरुको …

अमेरिकी अध्यागमनको क्षेत्रमा कस्तो होला सन् २०१८ ? विशेष विश्लेषण ।

सन् २०१७ अमेरिकी अध्यागमनको क्षेत्रमा कस्तो रह्यो ? सन् २०१८ कस्तो हुने सम्भावना रहेको छ ? यसबारेमा विशेष कुराकानी न्युयोर्कका चर्चित कानुन व्यवसायी रमेश श्रेष्ठसँग ।

अमेरिका छिर्न खोज्दा ७८ नेपाली सिमाक्षेत्रमा पक्राउ , १० विमानस्थलबाट फिर्ता, कारण के हो ?

आर्थिक बर्ष २०१८ सुरु हुनासाथ ७८ नेपाली गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा पक्राउ परेका छन् भने १० जना नेपाली विमानस्थलमा पक्राउ परेका छन् । त्यस्तै यही अवधिमा अमेरिकी अदालतबाट १४७ जनाले अमेरिकामा बस्न अनुमति पाएका छन् भने ४६ जनाले देशनिकालाको आदेश पाएका छन् । ट्रम्पको एकबर्षे कार्यकालको समिक्षा, टीपीएस, डिभी लोटरी लगायतका पछिल्ला अपडेटबारे …

अमेरिका आउने क्रममा बिमानस्थलमा हुनसक्ने चेकजाँचबारेको नयाँ निर्देशिकाको ब्याख्या

अमेरिका आउने क्रममा बिमानस्थलमा हुनसक्ने चेकजाँचबारेको नयाँ निर्देशिकाको ब्याख्या । कृपया अमेरिका आउँदै हुनुहुन्छ भने ध्यान दिनुहोला ।अमेरिकी ग्रिनकार्ड, भिसा लगायत अध्यागमन अपडेट, करनीति लगायत सामाजिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण विषयहरु, महिला तथा युवा शशक्तिकरण, ब्यापार व्यवसाय लगायतका क्षेत्रका उपयोगी जानकारीहरु समेटेर तयार पारिएका भिडियो कार्यक्रम हेर्न हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला ।

WP Facebook Auto Publish Powered By : XYZScripts.com