हाम्रो नेपाल, राम्रो नेपाल

अहिंशाको कामना गर्दै स्वयम्भूनाथमा दीप प्रज्वलन

विश्व शान्तिको कामना गर्दै स्वयम्भूनाथमा दीप प्रज्वलन गरिएको छ ।   बिसेसगरी बौद्ध धर्मलाई बुजाउने उक्त कार्यक्रममा बौद्ध धर्माओलम्बी मात्र नभै हिन्दू धर्माओलम्बीको पनि राम्रो उपस्थिती रहेको थियो

नाशाको अध्यक्षमा माधव ढकाल निर्वाचित

दक्षिणपुर्वी अमेरिकामा रहेका नेपालीहरुको छाता संगठन नाशाको अध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । सेप्टेम्बर ४ मा सम्पन्न नाशाको १३औं अधिवेशनले अध्यक्ष ढकाल सहित २ बर्षका लागी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नर्थ क्यारोलीना निवासी व्यवसायी तथा ब्यांकर ढकालले जर्जीया निवासी शैलेन्द्रृ बज्राचार्यलाइ ३२० का विरुद्ध ४०९ भोटले पराजीत गरेका थिए । …

गौरा पर्बको रौनक टुडिखेलमा (फोटो फिचर)

सुदुरपश्चिमबासीको महत्वपूर्ण धार्मिक पर्व गौरा पर्व राजधानीमा पनि मनाइएको छ । सुदुरपश्चिमका बिभिन्न जिल्लामा घर भई काठमाण्डौ आई बसेका सुदुरबासीहरुले धुमधामले बर्षैपिच्छे भाद्र कृष्णाअष्टमीका दिन उपत्यकामा गौरा पर्व मनाउने गर्दछन् । राजधानीको टुडीखेलमा मनाइएको गौरापर्वका तस्विरहरु । गौरा सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा …

गाईजात्रासँगै लाखेंजात्रा

गोदावरी नगरपालिकास्थित चापागाउँ र ठेचोेमा प्रत्येक वर्ष मनाइँदै आएको गाईजात्रा यस वर्ष पनि भव्यताका साथ मनाएको छ । गाईजात्रासँगै परम्परागतरुपमा चल्दै आएको लाखें नाच समेत देखाउने प्रचलन छ । गाईजात्राका दिन गाईलाई लक्ष्मीको रुपमा सिंगारेर बजार परिक्रमा गराउने प्रचलन छ । जात्रा हेर्न यहाँ गोदावरी, लेले, छम्पी, धापाखेल, देवीचौरलगायतका क्षेत्रबाट व्यापक रुपमा मानिसहरुको उपस्थिति रहेको …

काठमाडौंमा गाईजात्राको रौनक (फोटो फिचर)

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा हरेक वर्ष सार्वजनिक बिदा दिने गर्दछ । गाईजात्राको दिन एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना गाउँ टोलमा परिक्रमा गराइन्छ । काठमाडौंको ऐतिहासिक नगर कीर्तिपुरमा पनि …

ललितपुरको कुम्भेश्वर मेलामा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

आज बिहानैदेखि ललितपुरको बङ्गलामुखीस्थित कुम्भेश्वरमा हजारौँ दर्शनार्थी मेला भर्न लामबद्ध भएका छन् । जनैपूर्णिमाको दिन सो स्थानमा मेला भर्न स्थानीय पाटनवासी, चापागाउँ, हरिसिद्धि, ठैव, धापाखेल, सुनाकोठी, बुङ्मती, खोकना, गोदावरीलगायत उपत्यकाका विभिन्न स्थानबाट दर्शनार्थीको भीड लाग्ने गरेको छ । आजकै दिन तामाङ समुदायका झाँक्री (बोम्बो) ले ढ्याँङ्ग्रो बजाउँदै नाचगान गर्ने चलन मेलाको अवसरमा गर्ने गरिन्छ । …

मुक्तिनाथमा नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिको औपचारिक स्थापना अक्टोबरमा

हिन्दु र बौद्धधर्मालम्बीहरुको पवित्र स्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथमा अब हिन्दुमन्दिरको नजिकै नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिको औपचारिक स्थापना आगामी अक्टोबरमा हुने भएको छ । अमेरिका निवासी व्यवसायी सोनाम लामाको एकल पहल र लगानीमा बुद्धमूर्तीको स्थापना गरिएको हो । मुक्तिनाथ सोनामा लामाको आफ्नो जन्मस्थान हो । उनी सन् १९६१ म अहिलेको मुक्तिनाथ गाविस १, पुराङमा …

सरसफाईपछि टलक्कै टल्कियो त्रिभुवन विमानस्थल (फोटो फिचर)

-एकराज पाठक असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किनु भयो । उहाँलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । छ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उहाँलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ । हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो कोहीलाई पनि यस्तै लाग्छ । …

यस्तो छ आधुनिक शिक्षासँगै गोन्पा

– दीपेन्द्र ढुंगाना (तस्विर सहित) कपाल मुन्डन गरेर पहेलो रङको भोटो र रातो रङको कछाडमा देखिने गुम्बामा पढ्ने विद्यार्थीहरु देख्दा कतिपयलाई उनीहरुले पढ्ने पाठ्यक्रमबारे जिज्ञासा लाग्नसक्छ । उनीहरु बौद्ध शिक्षा अर्थान् गोन्पा शिक्षाका विद्यार्थीहरु हुन्, जुन शिक्षा सामान्य स्कुलहरुमा पढाई हुँदैन । तर नेपाल सरकारले बिभिन्न गुम्बाहरुमा हुने यो शिक्षाका लागि आधुनिक शिक्षा मिसाएर विशेष …

रिक्सा चलाएर मासिक ४० हजार आम्दानी !

-दीपेन्द्र ढुंगाना (फोटो सहित) पर्यटक सिजनमा काठमाडौंमा रिक्सा चलाउने रिक्सा चालकले मासिक ४० हजारसम्म आम्दानी गर्दै आएका छन् । काभ्रे कोशीपारीका बिक्रम केसीले बिगत १९ बर्ष देखी ठमेलमा रिक्सा चलाउदै आएका छन् । उनले रिक्सा चलाएर कमाएको पैसाबाट छ जनाको परिवार पाल्दै आएका छन् । अहिले छोरा छोरीले आफ्ने खर्च आँफै जुटाउन थालेकोले अब रकम …

Like us on Facebook