हाम्रो नेपाल, राम्रो नेपाल

खाने होइन त सुन्तला ?

इलामको रोङ गाउँपालिकास्थित जिर्मलेको सलकपुरमा पहेंलपुर सुन्तला । यहाँ उत्पादित सुन्तला झापाको विर्तामोड, काँकडभिट्टालगायत भारतको विभिन्न शहरमा पुग्ने गर्दछ । । तस्बिर : गोविन्द लामिछाने, इलाम, रासस

३७६ वर्ष पूरानो कार्तिक नाच सम्पन्न (फोटो फिचर)

कात्तिक नाच कात्तिक महिनाभरि सञ्चालन गरिने पाटन(ललितपुर)को प्रसिद्ध नाच हो। हरेक वर्ष कार्तिक कृष्णप्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाच केही वर्षदेखि कार्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म छोट्ट्याएर देखाइँदै आइएको छ। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिन्छ।विष्णु पुराणको नृसिंह अवतारको …

मिथिलाञ्चलको सान जनकपुर धाम “राम जानकी मन्दिर” (फोटो फिचर)

जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र …

बशन्तपुर दरवार क्षेत्रमा पुननिर्माण तीब्र (फोटो फिचर)

दुई वर्ष अगाडिको भूकम्पले नेपालमा भएका सांस्कृतिक र ऐतिहासिक महत्वका धेरै सम्पदामा क्षति पुर्याएको थियो । त्यही भूकम्पको क्षतिले उठ्न नसकेको बसन्तपुर अब बिस्तारै उठ्ने तयारी गर्दैछ । चाइना एड र अमेरिकन राजदूतको सहयोगमा बसन्तपुर दरबार क्षेत्रले पूर्णता पाउन लागेको हो । पुननिर्माण कार्य ५ वर्ष भित्र सम्पन्न गर्ने उदेश्यका साथ काम भइरहेको छ । …

दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र बाँडफाँट

दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच बाँडफाँड टुंगो लागेको छ। फोरम र राजपा नेताहरूको बैठकले चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र टुंगो लगाएको हो। दुई दलबीच भएको सहमतिअनुसार फोरमले १७ र राजपाले १५ निर्वाचन क्षेत्र पाएको फोरम नेता परशुराम बस्नेतले सेतोपाटीलाई बताए। दुवै पार्टीले सामूहिक उम्मेदवार बनाएर निर्वाचनमा भाग लिने …

नेपाल संवत् ११३८ अाजबाट सुरू, धुमधामका साथ स्वागत गर्दै (फोटो फिचर )

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस पात्रोलाई नेवार समुदायले मान्ने गरेका छन् । राष्ट्रिय विभूति शंखाधर साख्वाले विसं ९३७ -इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । विसं २००७ सालमा प्रजातन्त्रको स्थापना …

धनको प्रतिक लक्ष्मी प्रफुल्ल पार्न सप्तरंगी र पाला (फोटो फिचर )

लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । तिहारमा काग,कुकुर ,गाई—गोरुको पूजासँगै लक्ष्मीको पनि पूजा गरिन्छ । कार्तिक कृष्ण औँसीको दिन घरलाई सफासुग्घर पारेर लिपपोत गरी दीपावली गरेर लक्ष्मी पूजा गर्दा धनधान्यले परिपूर्ण भई आरोग्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यसैगरी धन्तेरसको दिन पनि लक्ष्मीको विधिपूर्वक पूजाआजा गरिन्छ । धन को प्रतिक लक्ष्मी …

तिलिचो ताल भ्रमण गर्ने बढे, जाने होइन त तिलिचो ?

विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल भ्रमणका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । दशैँ तिहारको बिदाको समय सदुपयोग गर्दै त्यहाँ पुग्ने पर्यटकको संख्या बढेको हो । तिलिचो समुद्री सतहदेखि चार हजार ९१९ मिटरको उचाइमा अवस्थित छ । तालसम्म पुग्न हिमाली जिल्ला मुस्ताङबाट मेसोकोन्दा हुँदै छोटो पदमार्ग तयार भएपछि त्यहाँ पुग्ने पर्यटकको …

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

कहीँ नभएको जात्रा हाँडिगाउँमा भन्ने उखान धेरैले सुनेको हो । यो जात्रा हाँडिगाउँमा मनाइन्छ। यस्तो जात्रा नेपालमा अरु कुनै ठाउँमा हुन्न। हुन पनि खटको टाउको (गजुर) उल्टाइने, देउतालाई माथि राख्ने, रथ पनि उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने जात्रा अरु कहाँ हुन्छ त ? कोजाग्रत पूर्णिमादेखि तीन दिन सम्म यो जात्रा मनाइन्छ। किन मनाइँदो …

दशैंमा हराउँदै गएको लिंगे पिङ र चंगा (१२ तस्विर)

  दशैंको पर्यायका रुपमा लिइने लिंगे पिङ बिस्तारै हराउँदै गएको छ । दशैंको आधुनिकीकरण हुने क्रमसँगै पिङ खेल्ने र चंगा उडाउने चलन हराउँदै गएको हो । पिङ खेल्ने र चंगा उडाउने क्रम घट्दै जाँदा दशैंको महत्व पनि घट्दै गएको छ । पछिल्ला बर्षहरुमा उपत्यका आकास र विभिन्न स्थानहरु चङ्गा र पिङ विहीन झै बनेको छ …

Like us on Facebook