फुलचोकीमा हराएका जोन भटिए,यसरि सफल भयो प्रहरी


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

फुलचोकीमा हिउँ खेल्न जाँदा हराएका ललितपुर थसिखेलस्थित अजय शिक्षा सदनका विद्यार्थी जोन तामाङ बुधबार फेला परेका छन्। प्रहरीका अनुसार उनी गोदावरीको जंगलमै भेटिएका हुन्। महानगरिय प्रही वृत्त सातदोवाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालका अनुसार जोनलाई सुरक्षाकर्मीको सहयोगमा जंगलबाट ल्याइएको छ।

उनले भने ‘भर्खर जंगलबाट लिएर साथीहरु आउँदैछन्। बाँकी कुरा केही समयपछि थाहा होला।’ कक्षा पाँचका विद्यार्थी र प्राचार्यसंगै हिउँ अवलोकन गर्न गएका ६ कक्षाका जोन फर्कने क्रममा गत बिहीबार दिउँसो हराएका थिए। फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हराएका हुन्। विद्यार्थीसँगै स्कुलका प्राचार्य दुर्गाबहादुर ओली पनि हाइकिङ गएका थिए।

रमाइलो गर्दै फर्केका उनीहरूले गोदावरी झरेपछि मात्रै तामाङ छुटेको थाहा पाएका थिए। प्राचार्य ओलीले प्रहरी तथा अभिभावकलाई जनाएअनुसार फुलचोकीबाट गोदावरी झर्ने क्रममा पाँच जनाले थकाइ लाग्यो भन्दै छोटो बाटोबाट जान अनुरोध गरेका थिए। तर, ओलीले बाटो अप्ठ्यारो छ भन्दै जान मानेनन्।

विद्यार्थीले कर गरेपछि ‘बाटो देखेको भए तिमीहरू जाऊ, गोदावरीमा पुगेर पर्ख’ भन्दै उनले छोटो बाटोबाट झर्न अनुमति दिएका थिए। तर, गोदावरीमा दुवै समूहका विद्यार्थी भेट हुँदा तामाङ देखिएका थिएनन्। उनी हराएदेखि नै सुरक्षाकर्मी, अभिभावक तथा स्थानीय वासिन्दा खोजीमा जुटेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com