जानकारी

नाशाको गरिमा बढाउन एकजुट बनौंः अध्यक्ष माधव ढकाल

  दक्षिणपुर्वी अमेरिकाका नेपालीहरुको छाता संगठन नेपलीज् एसोसीएसन इन साउथ इष्ट अमेरिका (नाशा) का अध्यक्ष माधव ढकालले संस्थाको बृहत्तर हितका लागी सम्पुर्ण सदस्यहरुलाइ एकजुट हुन आग्रह गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ति जारि गर्दै ढकालले हालैका दिनहरुमा संस्थाको बारेमा देखिएको अन्योल र विमतिहरुको सहि समाधान भएको भन्दै संस्थाको उदेश्य पुर्तीको लागी एकजुट हुन आग्रह …

वापन्थी सरकार बनेपछि १० वर्षमै देश समृद्ध बन्छ ः गौतम

बर्दिया, बर्दिया क्षेत्र नं। १ का उम्मेदवार एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी १० वर्षभित्र मुलुकलाई समृद्ध बनाउने बताएका छन्। बारबर्दिया नगरपालिकाको जयनगरमा वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै गौतमले वामपन्थीको सरकार आएपछि आगामी १० वर्षमै मुलुकलाई समृद्ध बनाउने दाबी गरे। देशभित्रै रहेका खानी तथा प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्दै मुलुकलाई समृद्धितर्फ बढाउन …

इन्धनको मूल्य वृद्धि फिर्ता

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी बढाएको इन्धनको मूल्य वृद्धि फिर्ता गरेको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले मूल्यवृद्धि फिर्ता लिएको जानकारी दिए । निगमले प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो । चौतर्फी दबाबपछि …

दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र बाँडफाँट

दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच बाँडफाँड टुंगो लागेको छ। फोरम र राजपा नेताहरूको बैठकले चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र टुंगो लगाएको हो। दुई दलबीच भएको सहमतिअनुसार फोरमले १७ र राजपाले १५ निर्वाचन क्षेत्र पाएको फोरम नेता परशुराम बस्नेतले सेतोपाटीलाई बताए। दुवै पार्टीले सामूहिक उम्मेदवार बनाएर निर्वाचनमा भाग लिने …

बालक हत्याको विरोधमा हवाई फायर

बालक हत्याको विरोधमा निकालिएको र्यालीमा प्रहरीले झापाको विर्तामोडमा तीन राउन्ड हवाई फायर गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्न खोजेपछि पहिला १५ राउन्ड अश्रुग्यास हानेको तर भीड नियन्त्रण नभएपछि हवाई फायर गरिएको झापाका डिएसपी दिपेन्द्रकुमार बस्नेतले बताए। हत्या आशंकामा तीन जनाविरुद्धमा बालका आफन्तले किटानी जाहेरी दिएका थिए।

प्रतियोगिता नहुंदै विवादमा मिसेस नेपाल यूके

यही २ जुन शुक्रबार लन्डनमा तय गरिएको मिसेस नेपाल यूके प्रतियोगिता २०१७ फिनाले अगावै विवादमा परेको छ । शुरुमा निशुल्क भनिएपनि पछि प्रतियोगीसंग विभिन्न शीर्षकमा रकम माग्ने अनि फिनाले हुनु एक दिनअघिसम्म पनि प्रशिक्षण नभएपछि सहभागी आक्रोशित भएका हुन् । एक प्रतियोगीका अनुसार, आयोजक लन्डन फेसन हाउसले प्रतियोगीसंग गावन वापत जनही ८० पाउण्ड र टिसर्टको …

बहुमतीय सरकार आफ्नै नेतृत्वमा गठन गर्ने देउवाको दावी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति भए राष्ट्रिय सहमतिको नभए  बहुमतीय सरकार आफ्नै नेतृत्वमा गठन गर्ने दाबी गर्नुभएको छ । राष्ट्रिय सहमतिय सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार व्यवस्थापिका संसदमा प्रतिनिधित्व भएका दलहरुको सर्वदलिय बैठक आव्हान गर्नुभएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि बैठक ठोस निष्कर्ष आएन । …

बिस्केट जात्राको लिंगो भाँचियो, एकको मृत्यु, अनिष्टको संकेत !

-दीपेन्द्र ढुंगाना (सबै तस्विर) भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाचिँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा अन्दाजी ३४ वर्षका एक व्यक्ति रहेको र पहिचान हुन नसकेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कृष्ण प्रसाईले बताए । लिङ्गो भाचिएर घाइते भए लगत्तै भक्तपुर अस्पताल ल्याइए पनि अस्पताल ल्याउनु अघि नै …

मेक्सिकोमा भेटियो २५० जनाभन्दा धेरैको सामुहिक चिहान

सेन्ट्रल मेक्सिकोमा २५० जनाभन्दा धेरैको अस्थीपञ्जर सहितको सामुहिक चिहान भेटिएको छ । उनीहरु लागुऔषध गिरोहसँग सम्बन्धित भएको अधिकारीहरुले आशंका गरेका छन् । सामुहिक चिहान मेक्सिकोको भेराक्रुज राज्यमा भेटिएको हो । मारिनेहरु को हुन् भनेर पहिचान गर्न निकै कठिन भएपनि अधिकारीहरुले अस्थीपञ्जहरु हराइरहेका व्यक्तिका सुचनाहरुसँग म्याच गराइरहेका छन् । लागु औषधको कारोबारका क्रममा मेक्सिकोमा कैयनको ज्यान …

अमेरिकी भिसाका लागि १४ टिप्स

अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल छ । यो अवस्थामा अमेरिकी सरकारले जारी गर्ने भिसा सन्दर्भमा के होला भन्ने चासो सबैतिर छ । तर भिसाका गाइडलाइनहरु भने परिवर्तन गरिएको छैन । दूतावासहरुले पुरानै गाइडलाइन अनुशार भिसा जारी गरिरहेका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासका कन्सुलरले दिनुभएका यी टिप्सहरु पालना गरेमा भिसा पाउन सहज हुनसक्छ । …

Like us on Facebook