ट्रम्प – किम ह्याण्डसेक

सिङ्गापुर वार्तामा धेरै प्रगति भयो– राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ । उहाँहरु दुवै जनाबीच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिनुभएको छ । वार्तापछि राष्ट्रपति ट्रम्पले भन्नुभयो– …

सिङ्गापुर वार्ता : विश्वको अपेक्षा शान्ति र एकता

जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो । तर मङ्गलबार बिहानको पहिलो बैठकमै उत्तर कोरियाली नेता किम जोङ् उन आणविक निशस्त्रीकरणमा सहमत भएपछि त्यो प्रतिक्षाको अन्त्य सुखद …

ट्रम्प‍ र किमले गरे एेतिहासिक संयुक्त सहमतिपत्रमा हस्ताक्षर !

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-उनबीच सिंगापुरमा अभूतपूर्व वार्ता सम्पन्न भएकाे छ। वार्तापछि उनीहरूले एक संयुक्त सहमतिपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। उक्त सहमतिलार्इ एेतिहासिक मानिएकाे छ। राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल भएको उपलब्धीबाट आफूले निकै गर्वको अनुभव गरेको बताएका छन्। उनले विगतको दाँजोमा अब संयुक्त राज्य अमेरिका र कोरियाली प्रायद्विपबीचको सम्बन्ध …

ट्रम्प र किमबीच ५० मिनेट वार्ता, उत्तर कोरियाली नेताले भने- यहाँसम्म आउन सजिलो थिएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ । सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब ५० मिनेट भेटवार्ता भएको सीएनएनले लेखेको छ । भेटवार्तापछि ट्रम्पले छलफल निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘हामी दुईबीच राम्रो सम्वन्ध छ । म र किम मिलेर ठूला …

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच एेतिहासिक वार्ता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक वार्ता सुरु भएको छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डकाे एक होटलमा वार्ता सुरु भएको हो । कोरियाली प्रायद्वीपमा तनाव अन्त्य गर्ने उद्देश्यका साथ भएको शिखर बैठकका लागि विश्व प्रतिक्षामा रहेको थियो । हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन् …

हिस्टोरिक ह्याण्डसेक ( तीन भिडियो सहित)

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अन आजभन्दा एक महिनाअघिसम्म पनि सोच्दै नसोचिएको एउटा शिखर बैठकमा सहभागी भएका छन्। सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग हात मिलाए। आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे। त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै …

ट्रम्प र किम जोङको सुरक्षाका लागि विशेष दस्ताका रूपमा खटिए गोर्खा

पहिलो पटक वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन आइतबार सिंगापुर पुगेका छन् । उनीहरूबीच मंगलबार वार्ता तय भएको छ । दुबै नेताले आफ्नो व्यक्तिगत सुरक्षा टोली ल्याएर आएका छन् । ट्रम्प र किमको सुरक्षाका लागि सिंगापुरले आफ्नो प्रहरीमा रहेका गोर्खाहरूलाई खटाएको छ । सिंगापुर प्रहरीका गोर्खाहरू वार्तास्थल, सडक …

शिखर वार्ताका लागि ट्रम्प र किम सिङ्गापुरमा , दुई नेता फरक होटलमा ( शुरक्षा ब्यवस्था निकै नै कडा )

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुग्नुभएको छ । उहाँहरु दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । शिखर वार्तामा सहभागिताका लागि उत्तर कोरियाली नेता किम जोङ उन सिङ्गापुरतर्फ लागेदेखि …

ट्रम्प-किमकाे वार्ता, सिंगापुरकाे खर्च : १ करोड ५० लाख डलर

सिंगापुरमा मंगलबार (जुन १२ मा) हुने उत्तर काेरियाली नेता किम जाेङ उन र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पबीचकाे वार्ताका लागि सिंगापुर सरकारले गर्ने खर्चकाे पूर्वानुमान सार्वजनिक गरेकाे छ । सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले उक्त शिखरवार्ताका लागि अाफ्नाे देशले करिब १ करोड ५० लाख डलर खर्च गर्ने जनाएका छन् । सो रकमको झण्डै आधा हिस्सा सुरक्षा …

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सिंगापुरमा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् । उत्तर कोरियाका नेता किम जोन उनसँग हुने शिखर वार्ताका लागि ट्रम्प सिंगापुर पुगेका हुन् । उत्तर कोरियाका नेता किम यसअघि नै सिंगापुरमा पुगिसकेका छन् । किम पुगेको केही घण्टापछि ट्रम्प सिंगापुर पुगेका हुन् । तर उनीहरुबीचको शिखर बैठक भने मंगलबार हुने तयारी रहेको छ । अमेरिकाले शिखर …