इमिग्रेशन विशेष

२०१८ का डिभी विजेताको भिसा सुरु, ६ सय बढी नेपालीले नपाउने

सन् २०१८ का डिभी लोटरी विजेताहरुले भिसा प्रकृया आजदेखि सुरु भएको छ । आर्थिक बर्ष सन् २०१८ का लागि डिभी लोटरी विजेताहरुको भिसा प्रकृया अक्टोबर १ देखि सुरु हुने भएपनि अक्टोबर १ मा सप्ताहन्त परेकाले आजदेखि भिसा प्रकृया सुरु भएको हो । अमेरिकामा अक्टोबर १ देखि आर्थिक बर्ष २०१८ सुरु भएको छ । २०१८ का …

अक्टोबर १८ देखि ग्रिनकार्ड हुने र नागरिकका समेत सामाजिक सञ्जाल जाँच

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा सबै आप्रवासीहरुका सामाजिक सञ्जालहरु जाँचबुझ गरेर त्यसबारेका सुचनाहरु संकलन गरेर राख्ने नयाँ नीति ल्याउन लागेको छ । अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेकाहरु र नागरिकता प्राप्त गरेकाहरु लगायत सबै आप्रवासीका सामाजिक सञ्जालका सुचनाहरु संकलन गर्ने नयाँ नीति फेडरल रजिष्टरमा प्रकाशन गरिएको छ । यो नयाँ नीति आगामी अक्टोबर १८ बाट …

डिभीबारे अमेरिकी सरकारबाट १८ पेजको निर्देशिका (पूर्ण पाठ)

झण्डै एकसातापछि खुल्ने डिभी लोटरीबारे अमेरिकी सरकारले १८ पेज लामो निर्देशिका जारी गरेको छ । आगामी अक्टोबर ३ को न्युयोर्क समय अनुशार दिउसो दिउसो १२ बजेदेखि नोभेम्बर ७ को दिउसो १२ बजेसम्म सन् २०१९ को कार्यक्रमका लागि डिभी लोटरी भर्न सकिनेछ । डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन एकपटकका लागि डिभी लोटरी …

भिसामा रोक लगाउनेबारे ट्रम्पको कडा र नयाँ आदेश, अक्टोबर १८ बाट लागु हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबर १८ देखि लागु हुनेगरी विश्वका विभिन्न ७ देशका नागरिकमाथि अमेरिकाको यात्रामा प्रतिबन्ध लगाउने आदेश दिएका छन् । ट्रम्पले आइतवार नयाँ आदेश जारी गर्दै ७ देशका नागरिकमाथि अमेरिका आउनमा अनिश्चितकालिन प्रतिबन्ध लगाएका हुन् । नयाँ आदेश अनुशार अर्को महिनादेखि इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड र उत्तर कोरियाका अधिकांश नागरिकहरुलाई …

‘काठमाडौंको अमेरिकी दूतावासमा पेश गरिने अधिकांश कागजात नक्कली’ – दूतावास

काठमाडौंमा रहेको अमेरिकी दूतावासले गैरआप्रवासी भिसाका लागि पेश गरिने अधिकांश कागजात नक्कली हुने दावी गरेको छ । दूतावासको आधिकारिक फेसबुकमा सरोकारवालाहरुका प्रश्नहरुको जवाफ दिदै भिसा कन्सुलर अफिसरले त्यस्तो बताएका हुन् । पयर्टक लगायतका भिसा आवेदन गर्दा काठमाडौंको दूतावासले आवेदकका कागजात नहेरेको गुनासोबारे जवाफ दिदै भिसा कन्सुलर अफिसरले भनेका छन् – ‘हामीले कैयन कारणले गर्दा कागजातहरु …

यी हुन् पोर्चुगलमा मानव तस्करीमा संलग्न नेपाली

पोर्चुगलको एउटा अदालतले दुई नेपाललाई मानव तस्करीमा संलग्न भएको ठहर गरेको छ । २३ जना नेपालीहरुलाई मानव तस्करी गरेर युरोप ल्याएको अभियोगमा उनीहरुलाई अदालतले १३ र १४ बर्षको जेल सजाय सुनाएको छ । सजाय पाउनेहरु एटिमामुन्डोको कम्पनीका मालिक नबिन गिरी र कर्मचारी उपेन्द्र पौडेल हुन् । गिरीलाई १४ बर्षको र पौडेललाई १३ बर्षको जेल सजाय …

दशैंमा हराउँदै गएको लिंगे पिङ र चंगा (१२ तस्विर)

  दशैंको पर्यायका रुपमा लिइने लिंगे पिङ बिस्तारै हराउँदै गएको छ । दशैंको आधुनिकीकरण हुने क्रमसँगै पिङ खेल्ने र चंगा उडाउने चलन हराउँदै गएको हो । पिङ खेल्ने र चंगा उडाउने क्रम घट्दै जाँदा दशैंको महत्व पनि घट्दै गएको छ । पछिल्ला बर्षहरुमा उपत्यका आकास र विभिन्न स्थानहरु चङ्गा र पिङ विहीन झै बनेको छ …

मानब तस्करीमा संलग्न दुई नेपालीलाई पोर्चुगलमा १३ बर्षको जेल

पोर्चुगलको सान्ताराइ कोर्टको फैसला अनुसार दुई नेपाली सहित एक पोर्तुगिज नागरीकलाई मानब तस्करीको अभियोगमा १४ र १३ बर्षको लागि जेल सजाय सुनाइएको छ । उनीहरुलाई २३ जना नेपालीहरुलाई मानब तस्करी गरी युरोप ल्याएको अभियोगमा अदालतले सो फैसला गरेको हो। “मानव तस्कार सम्बन्धि अपराध “को मुद्दामा गत वर्ष जुलाईमा पक्राउ परेका उनीहरुलाई संताराइ अदालतमा सुनुवाई हुदा …

बाल्यकालमा अमेरिका छिरेका ६० नेपाली जोखिममा, देशनिकाला हुनसक्ने

बाल्यकालमा अमेरिकामा छिरेर कागजपत्रविहिन भएकाहरुलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिने डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम खारेज भएमा त्यसबाट कैयन नेपालीहरु समेत प्रभावित हुने भएका छन् । अमेरिकी सरकारको युएससीआईएसले अहिलेसम्म डाकाप्राप्त नेपालीहरु ६० जना रहेको जनाएको छ । डाका खारेज भएमा ती नेपालीहरु प्रभावित हुने भएका छन् । उनीहरु १६ …

सेप्टेम्बर १७ मा ३० हजारलाई अमेरिकी नागरिकता दिइने, कैयन नेपाली समेत

सेप्टेम्बर १७ मा ३० हजारलाई अमेरिकी नागरिकता दिइने भएको छ । जसमा कैयन नेपालीहरु समेत छन् । संविधान दिवश र नागरिकता दिवशको अवशरमा अमेरिकी सरकारले ३० हजार योग्य आप्रवासीहरुलाई नागरिकता प्रदान गर्ने भएको हो । नागरिकता प्रदान गर्नका लागि सेप्टेम्बर १७ मा २ सय भन्दा धेरै नागरिकता प्रदान गर्ने कार्यक्रमहरु आयोजना गरिएको छ । त्यस्ता …

Like us on Facebook